२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिकित्सकीय प्रमाणबिनै प्रचार गरिएका औषधिजन्य वस्तुहरू तुरुन्त बिक्री वितरण रोक्न निर्देशन

अ+ अ-

काठमाडौँ । औषधि व्यवस्था विभागले सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरूमा चिकित्सकीय प्रमाणबिनै प्रचार गरिएका केही औषधिजन्य वस्तुहरू तुरुन्त बिक्री वितरण रोक्न निर्देशन दिएको छ ।

विभागले औषधिको नाम र तस्बिरसहितको अत्यन्त जरुरी सार्वजनिक सूचना जारी गर्दै ती उत्पादनहरू जनस्वास्थ्यका लागि जोखिमपूर्ण रहेको जनाएको छ ।

फेसबुक, टिकटक, युट्युब लगायत माध्यममा थाइराइड , प्रोस्टेट, सुगर, युरिक एसिड निको पार्ने, मोटोपन घटाउने, यौन शक्ति बढाउने, जाँड रक्सी छुटाउने र क्यान्सर जस्ता प्राण घातक रोग निको बनाउने भन्दै प्रचारप्रसार भइरहेको पाइएपछि विभागले विज्ञप्तिमार्फत यस्तो चेतावनी जारी गरेको हो ।

विभागले औषधि सेवन गर्नुअघि चिकित्सकको प्रेस्क्रिप्सन आवश्यक हुने उल्लेख गर्दै ती औषधिहरूमा वैज्ञानिक आधार र गुणस्तर परीक्षण नभएको जनाइएको छ । विभागका अनुसार यस्ता औषधिहरू सेवन गर्दा गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्छ ।

विभागका महानिर्देशक नारायण ढकालले जारी गरिएको सूचनामा भनिएको छ, ‘विज्ञापनमार्फत भ्रम फैलाउने, रोगको उपचारका रूपमा औषधिको ग्यारेन्टी दिने, बिना प्रमाण यौन शक्ति वृद्धिका दाबी गर्ने औषधि सेवनले नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने हुँदा तत्काल हटाउन जरुरी छ ।’