२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘राष्ट्रिय खेलकुदको मिति छिट्टै तय हुन्छ’ : मन्त्री चौधरी

अ+ अ-

काठमाडौँ । खेलकुद मन्त्री तेजुलाल चौधरीले भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशाला निर्माणको कार्य अगाडि बढाइएको बताएका छन्।

शुक्रबार सिंहदरवारमा आफ्नो एक वर्षको कार्य विवरण सार्वजनिक गर्दै मन्त्री चौधरीले भक्तपुरमा ५० हजार सिट क्षमता भएको फुटबल रंगशाला निर्माणको कार्य अगाडि बढाइएको जानकारी दिए। 

उनले आफ्नो कार्यकालमा राष्ट्रिय खेलकुद नीति, राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लाई समसामयिक संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता गरिएको, नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको कार्यविधि २०८२ को मस्यौदा तयारी भएको जानकारी दिए।

मन्त्री चौधरीले जापानमा हुने २०औँ एसियाली खेलकुद प्रतियोगिताका लागि मिसन २०२६ खेलाडी प्रशिक्षणअन्तर्गत १० खेलका ८५ जना खेलाडी र १९ जना प्रशिक्षक गरी जम्मा १०४ जनालाई विशेष प्रशिक्षण सञ्चालन भइरहेको बताए। मूलपानी क्रिकेट रंगशाला, काठमाडौं र गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, मोरङको डिपिआर सम्पन्न भएको, कीर्तिपुर क्रिकेट मैदानको निर्माण कार्य अन्तिम चरणमा पुगेको उनले बताए।

मन्त्री चौधरीले अहिले २७ मध्ये १६ वटा खेलकुद संघले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको जानकारी दिँदै उक्त संघहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन सरकारले नै सहजीकरण गर्ने बताए। ओलम्पिक कमिटीले गैरकानुनीरूपमा आफ्नो काम गरिरहेको बताउँदै उनले छिटै तदर्थ समिति गठन गर्ने समेत बताए।

मन्त्री चौधरीले छिट्टै राष्ट्रिय खेलकुदको मिति तय हुने र तोकिएको मितिमा नै प्रतियोगिता सम्पन्न गर्ने दाबी गरे। उनले अन्तर्राष्ट्रिय भलिबल कवर्डहल निर्माणका लागि काठमाडौँ उपत्यकाभित्र जग्गा प्राप्तिको कार्य छिट्टै हुने उल्लेख गरे। नेपालको दोस्रो पुरानो रंगशाला नारायणी रंगशाला र नारायणी कभर्ड हल निर्माणको कार्य अगाडि बढेको उनको भनाइ छ।