काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुलिङ अफ पिरियडको कुन अर्थ नभएको बताएका छन् ।
नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको विस्तारित बैठकमा महासचिव पोखरेलले कुलिङ पिरियड अर्थ नभएको एजेन्डा भएकोले यसमा बहस र छलफल गर्न आवश्यक नभएको बताएका हुन् ।
‘कुलिङ पिरियड अर्थहीन, अर्थ नभएको एजेन्डा हो । यति चाहिँ मैले तपाईँहरूका बीचमा भने, ’पोखरेलले भने, ’यो कुनै बहस गर्नुपर्ने, छलफल गर्नुपर्ने विषय हुँदै होइन ।’







