खण्ड – १
अब आयोs रेलिमाईं तीजको लहर,
नाच्ने-गाउनेs सबैको रहर।(२)
माइती घरs रेलिमाईं सबैलाई प्यारो,
बिर्स्यौं भनेँs संसारै अँध्यारो।(२)
खण्ड – २
वनपाखा घुमेर घाँस दाउरा ल्याएको,
साथी-सङ्गी मिलेर भाखा लाएको।
निहुरो, सिम्टी आदि हाम्रा वन पाखाका,
सधैं ताजा सम्झना छन् तिनै भाखाका।
हरिया चुरा-पोते राता चोली-सारीमा,
चिटिक्क परेर आँगनभरिमा।
शिवजी र देवीजीको स्तुति पूजन गरेर,
नाचगानमा रमाउछौँ सबै मिलेर।
तीज हाम्रो महान पर्व रमाई रमाई मनाऔं,
आफ्नो संस्कार संस्कृतिलाई पूरै जोगाऔं।
कर्म गरी, धर्म गरी जीवन धन्य पारेर,
बसौं सबै मिलीजुली हर्ष मानेर।(२)
तीजको लहर आयो बरिलै,
तीजको रहर जाग्यो बरिलै।(२)







