२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’ले भने-‘वैदेशिक रोजगारीमा जान बाध्य युवालाई स्वदेशमै रोक्नुपर्छ’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशैभरका पालिकाका जनप्रतिनिधि र स्थानीय जनतालाई आफ्नो पालिकामा विकास र सम्वृद्धिको सम्भावना पहिचान गर्न र उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिका अभियान सञ्चालन गर्न आग्रह गरेका छन्।

चाँगुनारायण सिटी, एभोकाड़ो सिटी अभियानको तीन वर्षे घोषित कार्यक्रम समापन समारोहलाई सम्बोधन गर्दै नागरिक स्तरबाट पनि ठुला अभियान सफल पार्न सकिन्छ भन्ने उदाहरण अभियानले प्रस्तुत गरेको बताए।

उनले भने, ‘हामीमा तानातान र अस्वस्थ प्रतिस्पर्धा हुने गर्छ । त्यसको विपरीत सबै राजनीतिक दल, संघसस्था र स्थानीय जनताको साथ र सहयोगमा सम्पन्न यो अभियानले राष्ट्रिय सन्देश दिएको छ ।’

अन्य पालिकामा पनि औचित्य र आवश्यकताको आधारमा सामाजिक र आर्थिक अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए।

उनले थपे, ‘स्वास्थ्य र पर्यावरणको दृष्टिले मात्र होइन, उत्पादन र आम्दानीको दृष्टिले पनि एभोकाड़ो अभियानले राम्रो काम गरेको छ । साधन स्रोत नभएरै पनि जनस्तरमै जुटाउँदै जनहितका अभियान गर्न सकिन्छ भन्ने यो एउटा सफल उदाहरण हो । रातारात परिणाम नआए पनि निरन्तरको सामूहिक एकता र सक्रियताले समृद्धि सम्भव हुन्छ।’

उनले वैदेशिक रोजगारीमा जान बाध्य युवालाई स्वदेशमै रोक्न राष्ट्रिय जागरणको आवश्यकता रहेको बताए। ‘स्वदेशमै गर्न सकिन्छ भन्ने सकारात्मक सोच र नेपाली इतिहास, प्रकृति र परम्परागत एवं सांस्कृतिक ज्ञान, सीप र सम्पत्ति प्रति गर्व गर्ने वातावरण निर्माण गर्नुपर्छ’ उनले भने।

पुँजीवादी अर्थतन्त्रको नक्कल गरेर देश अघि नबढ्ने भन्दै देशलाई आत्मनिर्भरतातर्फ लैजान स्थानीय जनताको श्रम, सीप र सहभागितामा स्थानीय तहहरूले राज्यलाई दबाब दिनुपर्ने बताए।

सुशासन, सामाजिक न्याय र सम्वृद्धिको यात्रामा आफू नेतृत्वको अघिल्लो सरकारले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको बाटो देखाएको दाबी गर्दै आफू र आफ्नो पार्टीको तर्फबाट आत्मनिर्भरतातर्फका सबै खाले अभियानलाई सदैव साथ र समर्थन रहने प्रतिबद्धता जनाए।