२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘समृद्धिको बाटोमा बेथितिको अन्त्य र सुशासन पहिलो शर्त’ : राष्ट्रपति पौडेल

अ+ अ-

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध राष्ट्र निर्माणको पहिलो शर्त सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाह भएको बताएका छन।

संखुवासभाको मादी माध्यमिक विद्यालयको ७५ औँ वार्षिकोत्सव तथा हीरक महोत्सवलाई बिहीबार सम्बोधन गर्दै उहाँले वर्तमान शिक्षा प्रणालीलाई विज्ञान, प्रविधि र अनुसन्धानसँग जोडेर जीवनोपयोगी बनाउन आवश्यक रहेकोमा जोड दिए ।

“गाउँमा कृषि उद्यम, उत्पादन वृद्धि, रोजगारी सृजना, डिजिटल अर्थतन्त्र र पूर्वाधार विकाससँगै शिक्षालाई उद्यमशीलतामुखी बनाउनुपर्छ,” उनले भने।

राष्ट्रपति पौडेलले शिक्षा समृद्धिको आधार भएको उल्लेख गर्दै पाठ्यक्रम र अध्यापन शैलीलाई आधुनिक, सीपमुखी र समयसापेक्ष बनाउनुपर्नेमा बल दिए। “कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण र औद्योगिकीकरणतर्फ उन्मुख गर्ने शिक्षा आजको आवश्यकता हो,” उनको भनाइ थियो।

देश विकासका लागि स्वदेशमै सृजनशील जनशक्ति आवश्यक रहेको बताउँदै उनले युवालाई विदेश पलायन रोक्न गाउँमै रोजगारी र आयआर्जनको अवसर सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो। “श्रमको सम्मान गर्ने संस्कृतिसहित सीपमूलक शिक्षा अब ढिलाइ नगरी कार्यान्वयन गर्नुपर्छ,” उनले भने।

संविधानले दिलाएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको ठूलो बलिदान र संघर्षको उपलब्धि भएको उल्लेख गर्दै उहाँले यस व्यवस्थाले मुलुकलाई स्वतन्त्रता र विकासको राजमार्गतर्फ अघि बढाइरहेको बताए।

राजनीतिक परिवर्तनपछि जनताले राखेका अपेक्षा केही ढिलाइका कारण अपूरा देखिए पनि ती पूरा हुने विश्वास व्यक्त गर्दै उनले भने, “समृद्धिको बाटोमा बाधक बनेका बेथितिको अन्त्य र सुशासन नै पहिलो शर्त हो भन्ने कुरा हामीले भुल्नु हुँदैन।”

संखुवासभा जलविद्युत उत्पादन र पर्यटनका दृष्टिले महत्वपूर्ण सम्भावना बोकेको जिल्लामध्ये एक भएको स्मरण गर्दै राष्ट्रपति पौडेलले चीनसँग जोडिएको किमाथांका नाका व्यवस्थित गरी व्यापार विस्तार गर्न सकिने अवसर रहेको बताए। उनले कृषि, शिक्षा, जलस्रोत, पर्यटन र उद्योगधन्दालाई देशको विकासको आधारस्तम्भका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।