२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सी, पुटिन र किमसँगै ओली सहभागी हुने समारोहमा जापानकै पूर्वप्रधानमन्त्री सहभागी हुँदै

अ+ अ-

काठमाडौँ । चीनले जापानविरुद्धको युद्धको ८० औँ वर्षमा गर्न लागेको विजय उत्सवमा जापानका पूर्वप्रधानमन्त्री युकियो हातोयामा सहभागी हुने जनाएको छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका किम जोन सहभागी हुने जनाइएको समारोहमा जापानका विरुद्ध हुने भन्दै नेपालमा विरोध भइरहँदा बेइजिङले भने जापानकै पूर्वप्रधानमन्त्रीको सहभागी हुने जानकारी दिएको हो ।

चिनियाँ सरकारले जापानका २८ औँ प्रधानमन्त्री हातोयामा आगामी सेप्टेम्बर ३ मा हुने सैन्य परेडसहितका स्मारक कार्यक्रमहरूमा सहभागी हुने उल्लेख गरेको जापानको आधिकारिक सञ्चारमाध्यम योमिउरोले जनाएको छ ।

यसअघि पनि सन् २०१५ आयोजित ७० औँ स्मृति सभामा सहभागीताका लागि जापानका पूर्वप्रधानमन्त्री मुरायामा तोमिचीलाई आमन्त्रण गरिएको थियो । तर स्वास्थ्य अवस्था बिग्रेपछि उनी होटेलमै बसेका थिए भने कुनै कार्यक्रममा सहभागी भएनन् ।