२६ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनपीएल : प्लेअफ रेसबाट बाहिरियो पोखरा, विराटनगरको तेस्रो जित

अ अ+ अ-

काठमाडौँ । कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ ।

पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर १३६ रन बनाउँदै पूरा गरेको हो ।

लिगमा ६ खेल खेल्दा तेस्रो जित हात पारेको विराटनगरले ६ अंक जोडेर चौथो स्थानमा उक्लेको छ प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ । विराटनगरले लिगको अन्तिम खेल लुम्बिनी लायन्ससँग खेल्नेछ ।

अर्कोतर्फ पोखराको भने छैटौँ खेलमा यो पाँचौँ हार हो र २ अंकसहित पूछारमा रहेको पोखरा लिग प्लेअफ होडबाट बाहिरिने पहिलो टिम बनेको छ ।

विराटनगरका लागि बसिर अहमदले संयमित ब्याटिङ गर्दै ३७ रन बनाए । ३९ बल खेलेका उनले समान २ चौका र २ छक्का प्रहार गरे । ओपनर लोकेश बमले २७ बलमा समान २ चौका र छक्का प्रहार गर्दै ३३ रन जोडे ।

आठौं नम्बरमा ब्याटिङ गरेका इसुरु उडानाले १२ बल खेल्दै अविजित ४ चौका र १ छक्का मदतमा अविजित २५ रन योगदान गरे । उनले विजयी चौका प्रहार गरेका थिए ।

यस्ते सातौं नम्बरमा ब्याटिङ गरेका शेहान जयासूर्याले १४ बल खेल्दै २ चौका मदतमा अविजित १७ रन बनाए ।

ओपनर इमरान शेख १० र एन्जेलो म्याथ्युज ८ रन बनाएर आउट भए भने चरिथ असलंका र प्रतिश जिसीले खाता खोल्न सकेनन् ।

बलिङमा पोखराका लागि कुशल भुर्तेल र रमेश मेन्डिसले २–२ तथा बिपिन खत्री र धनन्जय लक्षणले १–१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले ओपनर युवराज सिंह सम्राले ८४ रन बनाएपनि अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न नसक्दा पोखरा १७.५ ओभरमा सबै विकेट गुमाएर १३२ रनमा अलआउट भएको थियो ।

पोखराका लागि युवराजले आक्रमक ब्याटिङ गरेपनि अन्य ब्याटरले राम्रो साथ दिन सकेनन् । सम्राले ४७ बल खेल्दै ७ चौका र ५ छक्का मदतमा सर्वाधिक ८४ रन बनाए ।

सम्रासहित धनन्जय लक्षणले २२ र सन्नी विकले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

७६–५ को स्थितीबाट युवराज र धनन्जयले छैटौँ विकेटका लागि ४६ रनको साझेदारी गर्दै पोखराको इनिङ्स सम्हालेका थिए । धनन्जयले १५ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे । सन्नीले ११ बलमा १ छक्का मदतमा १२ रन जोडे । अर्जुन कुमाल १, अर्जुन घर्ती ५ र बिपिन खत्री ५ रनमा आउट भए ।

पोखराका कुशल भुर्तेल, रमेश मेन्डिस, कप्तान चमिका करुणारत्ने र किरण ठगुन्नाले खाता समेत खोल्न सकेनन् । सागर ढकाल १ रनमा अविजित रहे ।

पोखराको इनिङ्स ध्वस्त पार्ने क्रममा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिए । उनले ४ ओभरमा २७ रन खर्चेर ६ विकेट लिएका हुन् ।

उनले १५औं ओभरको तेस्रो, चौथो र पाँचौँ बलमा लगातार विकेट लिएका हुन् । सन्दीप एनपीएलमा ह्याट्रिक विकेट लिने तेस्रो खेलाडी बने । यसअघि काठमान्डु गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिएका थिए ।

सन्दीपले यसअघि ५ खेलमा १ विकेट मात्र लिएका थिए भने आज एकै खेलमा ६ विकेट लिइसकेका छन् ।

उनी एकै खेलमा ६ विकेट लिने तेस्रो खेलाडी बनेका छन् । यसअघि शाहब आलम र कर्णाली याक्सका विलियम बोसिस्टोले एकै खेलमा ६ विकेट लिएका थिए । एन्जेलो म्याथ्युज, चरिथ असलंका र रुपेश सिंहले १-१ विकेट लिए ।

0 Comments