काठमाडौँ । अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ ।
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको करिडोरको बागलुङखण्डस्थित बागलुङ नगरपालिका-१३ कालाखोला स्थानमा पहिरो खसेपछि बिहानैदेखि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार अहिले पहिरोका कारण उक्त खण्डमा यातायात सञ्चालन ठप्प भएको छ ।
कालाखोला छेत्रमा यस अघि समेत ठूलो पहिरो खसेको थियो । ठूलो पहिरोका कारण खुलाउन समस्या भइरहेको छ । कालीगण्डकी करिडोर आयोजना, निर्माण व्यवसायी र बागलुङ नगरपालिकाले वर्षा रोकिएपछि सडक खुलाउन प्रयास गर्ने प्रहरीको भनाइ छ ।







