२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

 ‘प्रचण्ड’ले भने-‘कम्युनिष्टहरुबीच फेरि पार्टी एकता आवश्यक छ’

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्टहरुबीच फेरि पार्टी एकता आवश्यक भएको बताएका छन् । पार्टी विभाजनले मात्रै अहिले आफ्नो पार्टीको मत घटेको उनले उल्लेख गरे । 

नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितिको सातौँ पूर्ण बैठकलाई आज बुटवलमा सम्बोधन गर्दै अध्यक्ष दाहालले नेकपा (एमाले) सँगको पार्टी एकतापछिको मूल नेतृत्व माओवादी केन्द्रको हुन नसक्दा एकता कायम राख्न नसकिएको बताए । 

“नेतृत्व हाम्रो हुन्थ्यो भने म दाबीका साथ भन्छु पार्टी विभाजन पनि हुँदैन थियो”, उनले भने, “समाजवादको यात्रातिर हामी गम्भीर ढंगले जान सम्भव थियो, तर मूल नेतृत्व हाम्रो भएन । मूल नेतृत्व एमाले भएर फुटेको हो ।”

अध्यक्ष दाहालले माओवादी जनयुद्ध सामन्तवादको विरुद्धमा निकै सोच विचार गरेर थालनी गरिएको उल्लेख गर्दै आफूहरुविरुद्ध फेरि विरोधीहरूले अलि धेरै नै प्रचार गरेर जनतालाई भ्रमित पार्ने कोसिस गरिरहेको बताए । उनले भने “संसदमा हाम्रा केही त्रुटि भए भनेर हामीले भर्खरै स्थायी समितिको बैठकमा समीक्षा गरेर अघि बढेका छौँ ।”

कम्युनिष्ट आन्दोलन र समाज जोडिनेतिर अगाडि बढिरहेको जिकिर गर्दै अध्यक्ष दाहालले माओवादी केन्द्र जति शक्तिका साथ आक्रामक ढंगले आफ्नो विचार अगाडि लैजान्छ अन्य पार्टीमा ध्रुवीकरण पनि त्यही स्तरमा बढ्ने र त्यसको नेतृत्व आफूहरूले गर्नुपर्ने बताए।

बैठकमा पार्टीका उपमहासचिव वर्षमान पुन, पार्टीका सचिव तथा प्रदेश इन्चार्ज चक्रपाणि खनाल र स्थायी समितिका सदस्यहरूको उपस्थिति रहेको पार्टीको लुम्बिनी प्रदेश समितिका अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।