२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिलो जननिर्वाचित महिला नेत्री प्रधानको स्मरण

अ+ अ-

काठमाडौँ । मतदानमा महिलाको मताधिकार स्थापित गराउन सफल भएको दिनको सम्झनामा भदौ १७ गतेलाई सदैव स्मरण गरिने भएको छ ।

पहिलो जननिर्वाचित महिला नेता साधना प्रधान र उनले महिलाको मताधिकार स्थापित गर्न गरेको राजनीतिक  संघर्षको प्रतिफलका रूपमा भदौ १७ गतेलाई विशेष दिनका रूपमा मनाउन सुरु गरिएको हो ।

साधना प्रधान पहिलो जननिर्वाचित महिला नेता मात्र नभएर, पहिलो महिला सम्पादक, एसएलसी पास गर्ने पहिलो चार महिलामध्ये एक महिला पनि थिइन् ।

अखिल नेपाल महिला संघ र साधन स्मृति समाजले आज पहिलो पटक साधना प्रधानको सम्झनामा नेपाली महिलाले पहिलो पटक मताधिकार प्रयोग गरेको दिन एवं प्रथम महिला जनप्रतिनिधि साधना प्रधानको स्मरणमा पुस्तक समेत सार्वजनिक गरेको  छ ।

पहिलो महिला मुख्यमन्त्रीको जिम्मेवारीमा सम्हाली सकेकी  नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले घरको जिम्मेवारी सम्हालेर पुरुषलाई राजनीतिक अभियानमा लाग्न प्रेरित गर्ने महिलाको भूमिकालाई पनि राजनीतिक रूपमा सम्बोधन गर्नुपर्ने बताइन् ।

उनले विवाहपश्चात् साधना प्रधानले घरको जिम्मेवारी सम्हाली दिएकै कारण मनमोहन अधिकारीले राजनीतिको उच्च तहमा पुग्न सफल भएको भन्दै महिलाको त्यो कामलाई पनि राजनीतिक आन्दोलनको रूपमा मूल्यांकन गर्नुपर्ने बताइन् ।

विषम् राजनीतिक अवस्थाका क्रममा आन्दोलनको अगुवाइ गरेका दुई महिलालाई सो अवसरमा सम्मान गरिएको छ । विसं २०४३ मा तत्कालीन चम्पादेवी गाउँ पञ्चायत (कीर्तिपुर)मा उपप्रधानपञ्चमा निर्वाचित भवानी रिजाल (भानु) र तत्कालीन इटहरा गाउँ पञ्चायत मोरङका उपप्रधानपञ्चमा निर्वाचित गंगा डाँगीलाई सम्मान गरिएको छ । कार्यक्रममा दुई सम्मानित महिला नेताहरूले भूमिगत अवस्थामा आफूहरूले गरेको राजनीतिक संघर्षको स्मरण गरेका थिए ।

नेपाल महिला संघकी अध्यक्ष उषा रावतले आफ्नो संगठनले पनि अगुवा राजनीतिक महिलाहरूको दस्तावेज राख्ने काम गरिरहेको उल्लेख गर्दै साधना प्रधानको राजनीतिक जीवनीको किताबले आफूहरूलाई त्यो कामका लागि मार्गनिर्देश गर्ने बताइन् ।

नेकपा (केन्द्र माओवादी) का नेता तथा पूर्वमन्त्री शशि श्रेष्ठले सबै राजनीतिक महिलाहरूको साझा आन्दोलनको परिणामस्वरूप अहिलेको उपलब्धि भएकाले त्यसको रक्षाका लागि सबै दलका महिला एक हुनुपर्ने विचार राखिन् ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका महिला नेता, सांसद, पूर्वमन्त्री, स्थानीय तहका महिला प्रतिनिधिलगायतका सहभागिता थियो । कार्यक्रममा नेकपा एमाले नेता तथा अनेमसंघ इञ्चार्ज सीता पौडेल, काठमाडौँ महानगरपालिकाका पूर्वमेयर विद्या सुन्दर शाक्यलगायतले साधना प्रधानको राजनीतिक जीवनका बारेमा स्मरण गरेका थिए ।

साधना स्मृित समाजका अध्यक्ष शान्ति अधिकारीले भदौ १७ लाई अब प्रत्येक वर्ष दिवसका रूपमा मनाउन, साधना प्रधानको राजनीतिक संघर्षले प्राप्त उपलब्धिको स्मरण गर्न समाजको स्थापना भएको बताइन् । अनेमसंघ अध्यक्ष टुकाभद्र हमालले भदौ १७ गते दिवसका रूपमा मनाउने नेतृत्व अनेमसंघले लिने प्रतिबद्धता जनाइन्।

कार्यक्रममा साधना प्रधानको राजनीतिक जीवन समेटिएको पुस्तक साधना विमोचन गरिएको थियो । साधना स्मृित समाजले प्रकाशन गरेको पुस्तकको  संयोजन डा. बिन्दा पाण्डेले गरेकी हुन्।