काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ ।
बैठक दिउँसो सवा १ बजे बस्नेछ । बैठकमा अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।
यस्तै, भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक दफावार छलफलका लागि विधायन व्यवस्था समितिमै पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
यसैबिच आज संघीय संसद अन्तरगतका विभिन्न ५ वटा समितिको पनि बैठक बस्दै छ।







