काठमाडौँ। जेनजीको प्रदर्शनमा बानेश्वर क्षेत्रमा कर्फ्यू जारी भएपछि सेना परिचालन भएको छ ।
प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्दै संसद् भवन छिरेपछि कर्फ्यू लगाइएको थियो । त्यसपछि सेना परिचालन गरिएको हो ।
जेनजीहरुको प्रदर्शनमा संसद् भवनभित्र समेत प्रदर्शनकारी छिरेका थिए ।
सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरूको छोराछोरीहरूको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेन जेडहरुले सोमबार प्रदर्शन सुरु गरेका हुन् ।







