काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले थारु आयोगका सदस्य डा. उमाशंकर प्रसाद चौधरीको राजीनामा स्वीकृत गरेका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार डा. चौधरीले थारु आयोगको ऐन, २०७४ दफा ४ को खण्ड (क) बमोजिम उक्त आयोगको सदस्यबाट भदौ २२ गते राजीनामा दिएका थिए ।
राष्ट्रपति पौडेलले भदौ २३ गतेदेखि लागू हुने गरी सो राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।







