काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जननसिंह केसीले अहिलेको समस्या समाधान गर्नको लागि सात सुझाव अघि सारेका छन्।
राष्ट्रिय सहमतिको सरकारदेखि चर्चित भ्रष्टाचार काण्डहरूको पूर्वप्रधान न्यायाधीशको नेतृत्वमा शक्तिशाली आयोग गठन गर्नुपर्ने माग अघि सारेका हुन्।
उनले भनेका छन्, ‘२३/२४ दुई दिनको यो राजनीतिक तुफान आम जनतामा रहेको असन्तुष्टि, अविश्वास र निराशाको असङ्गठित र एक एकमुष्ट अभिव्यक्ति हो। यसको सामान्य ज्ञान, सूचना र समाजको गतिशील स्पन्दन समयमै राज्य र नेतृत्वले बुझ्न नसक्नु नै आजको दुर्भाग्य पूर्ण स्थितिको उपज हो।’
आफूले पटक पटक लिखित रूपमा पार्टीको केन्द्रीय कार्य समिति र संसद्मा जनताको असन्तुष्टिबारे कुरा उठाएको भए पनि अहंकार र सत्ता उन्मादमा रहेकाहरूले नसुनेको बताए।
उनले थपेका छन्, ‘जेन जी पुस्ता हाम्रो, नेपालको भविष्य हो। यो हिंसात्मक र विध्वंसकारी हुनै सक्दैन, कलिला विद्यार्थीहरूमाथिको राज्य नृशंस हत्याले समग्र असन्तुष्टि को र अराजक र असामाजिक पक्षले प्रयोग गर्यो। अब सम्पूर्ण रूपले सामाजिक एकता र मेलमिलापको शान्ति पूर्ण नयाँ कार्य दिशा को जरुरी छ।’
१. सर्वपक्षीय गोलमेज सम्मेलन
२. राष्ट्रिय सरकारको गठन।
३. आजसम्मका सम्पूर्ण चर्चित भ्रष्टाचार काण्डहरूको पूर्वप्रधान न्यायाधीशको नेतृत्वमा शक्तिशाली आयोग गठन र दण्ड ।
४. नेपालीको विदेशमा रहेका सम्पत्तिको अनुसन्धान र अवैध जम्मा भएका छानबिन र राष्ट्रियकरण।
५. जेन जीसँग गम्भीर र परिणाममुखी संवाद
६. संविधान संशोधन अघि गोलमेज सम्मेलनबाट निर्धारित विषय समेत केन्द्रमा राखी जनमत सङ्ग्रह।
७. विधि विहीनता, दण्ड विहीनता विहीनता, भ्रष्टाचार मुक्त समाज र सुशासन जेन जीको माग हो।







