२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तुलसीपुर कारागारबाट १२४ कैदी भागे

अ+ अ-

काठमाडौँ । दाङस्थित तुलसीपुर कारागारबाट मंगलबार साँझ सामूहिक रूपमा कैदी भागेपछि सनसनीपूर्ण अवस्था सिर्जना भएको छ।

साँझ साढे ५ बजेतिर कारागारको ‘ख’ ब्लकमा रहेका १२४ जना कैदी बन्दीले मूल गेटमा तोडफोड गर्दै कारागारबाट भागेका हुन्।

कारागार प्रशासनका अनुसार, १७९ जना कैदीबन्दी राखिएको ‘ख’ ब्लकबाट १२४ जना बाहिरिएपछि हाल ५५ जना मात्र सो ब्लकमा रहेका छन्।

कुल ४६९ कैदीबन्दी रहेको तुलसीपुर कारागारमा हाल ३४५ जना मात्रै बाँकी रहेको कारागारले जनएको छ ।

कैदी बन्दीहरूले ‘नख्खु जेलबाट सबै निस्किसके, हामीलाई मात्रै किन थुन्ने’ भन्दै असन्तुष्टि जनाउँदै आन्दोलनको रूप लिएको र त्यसै क्रममा मूल गेटमा तोडफोड गरी बाहिरिएको बताइएको छ।

स्थिति नियन्त्रणमा ल्याउन नेपाल प्रहरीले हवाई फायरसमेत गरेको थियो भने नेपाली सेनाको सहयोगमा केही फरार कैदीलाई पुनः नियन्त्रणमा लिइएको छ।

सुरक्षा व्यवस्था कडा पारिएको र बाँकी फरार कैदीको खोजी तीव्र रूपमा भइरहेको प्रशासनले जनाएको छ।