काठमाडौँ । सेयर बजारमा दोस्रो नेगेटिभ सर्किट ब्रेक लागेको छ।
खुलेको २ मिनेटमै ४ प्रतिशतले घटेपछि सेयर कारोबार २० मिनेटका लागि स्थगित गरिएको थियो। त्यसपछि खुलेको बजारमा ५ प्रतिशतले घटेपछि दोस्रो सर्किट ब्रेक लागेको हो।
दोस्रो सर्किट ब्रेक लागेसँगै नेप्से परिसूचक ४० मिनेटका लागि कारोबार स्थगित भएको छ ।
नेप्से दोस्रो सर्किट ब्रेक लागेसँग १३३.६१ अङ्कले घटेर नेप्से परिसूचक २५३८.६३ विन्दुमा पुगेको छ ।







