२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

 पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव हुने

अ+ अ-

गण्डकी । पोखराको प्रसिद्ध धार्मिक तीर्थस्थल विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव हुने भएको छ।  विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा यही असोज ६ गते घटस्थापनादेखि १५ गते महानवमीसम्म नवदुर्गा महोत्सव सञ्चालन हुन लागेको समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए।

उनका अनुसार महोत्सवमा श्रीमद्देवी भागवत ज्ञान महायज्ञ सञ्चालन गरिने छ। यस अवधिमा प्रत्येक दिन बिहान ९:०० देखि मध्याह्न १२:०० बजेसम्म महायज्ञ सञ्चालन हुनेछ। त्यस्तै सतचण्डी महानुष्ठान बिहान ६:०० देखि ९:०० बजेसम्म हुनेछ भने भजनकीर्तन अपराह्न २:०० देखि ४:०० बजेसम्म गरिने समितिले जनाएको छ।

विजया दशमीको अवधिभर मन्दिरमा नित्य पूजा बिहान ४:०० देखि प्रारम्भ भई भक्तजनहरूको दर्शनका लागि मन्दिर ५:०० बजेदेखि खुला गरिनेछ। साथै प्रत्येक साँझ ६:०० बजे आरती गरिनेछ। महायज्ञका वाचकका रूपमा श्रीकृष्णनुरागी पण्डित पशुपति पौडेल रहने जनाइएको छ।

विजयादशमीको पावन अवसरमा २०६४ सालदेखि विध्यवासिनी नवदुर्गा महोत्सवको आयोजना गर्दै आइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए। महोत्सवका अवसरमा विन्ध्यवासिनी नवदुर्गा शोभायात्रा र श्रीमद्देवी भागवत ज्ञान महायज्ञ गरिँदै आइए पनि यस वर्ष भदौ २३ र २४ गते भएको जेन जेड प्रदर्शनका कारण पूर्वतयारीमा बाधा पुग्न गएकाले शोभायात्रा भने स्थगित गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

अढाई शताब्दीअघि देखि नै पूजाआजा हुँदै आइएको मानिने यस मन्दिरको स्थापना कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहको पालामा भएको भनाइ छ। मन्दिरको संरक्षण विकास र प्रवर्द्धन गर्ने उद्देश्यका साथ २०४३ सालमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको गठन गरिएको थियो।

समितिको गठनपश्चात् यस धार्मिक क्षेत्रमा भौतिक पूर्वाधारहरूको निर्माण, सौन्दर्यकरण, सामाजिक, धार्मिक तथा आध्यात्मिक जागरणसम्बन्धी कार्यहरू हुँदै आएका छन्। समितिले विन्ध्यवासिनी दर्शन गर्न पोखरा आउने श्रद्धालु भक्तजनहरूबाट प्राप्त भेटी तथा दान दातव्यलाई जनहितको कार्यमा प्रयोग गर्दै आएको छ।

दाताहरूको सहयोगमा समितिबाट विन्ध्यवासिनी मन्दिर परिसरमा शिव मन्दिर, राधाकृष्ण मन्दिर, विन्ध्यवासिनी गुरुकुल भवन, सन्त निवास, विन्ध्यवासिनी बहुद्देश्यीय सभा–भवन, प्रदक्षिणा पथ, विन्ध्यवासिनी मन्दिर परिसरमा ढुंगा छपाइ, विन्ध्यवासिनी मन्दिर र गणेश मन्दिरमा पित्तलद्वारा कलात्मक सजावट र पित्तलको द्वार निर्माण आदि गरिएका छन् ।

भक्तजनहरूको सुविधा र सौन्दर्यीकरणका लागि प्रदक्षिणा पथ, शौचालयहरू, कीर्ति स्तम्भ, पानीका लागि बोरिङ तथा खानेपानी भण्डारणका लागि ४० हजार लिटर क्षमताको टंयाकी, जलधारा, शुद्ध पिउने पानी, विशाल त्रिशूल र शक्ति ध्वजा र विशाल कमण्डलुका साथै विन्ध्यवासिनी वाटिका निर्माण गरी त्यसमा पानीको फोहोरा र शिवानन्द कुण्डको निर्माणलगायतको धेर काम गरिसकिएको छ ।

मन्दिरमा २०५१ सालमा स्थापित विन्ध्यवासिनी गुरुकुल विद्याश्रममा कक्षा ६ देखि १० सम्म नि:शुल्क आवासीय रूपमा अध्यापन हुँदै आएको छ । गुरुकुललाई कक्षा १२ सम्म विस्तार गर्ने योजनाअनुरूप विन्ध्यवासिनी गुठीको हक–भोग स्वामित्वको पोखरा महानगरपालिका–१८ स्थित २६ रोपनी क्षेत्रफल जग्गामा भवन निर्माण गर्ने कार्य झण्डै अन्तिम चरणमा पुगेको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

मन्दिरमा आउने ज्येष्ठ नागरिक, अशक्त, अपांगता भएका व्यक्ति तथा गर्भवती महिला समेतको सुविधालाई ध्यानमा राखेर मन्दिरमा सहज पहुँचको व्यवस्थाका लागि लिफ्टको स्थापना गरिएको छ।

समितिले सेवा कार्यलाई प्राथमिकता दिँदै ज्येष्ठ नागरिकहरूका लागि दिवा सेवा उपलब्ध गराउने उद्देश्यले २०७२ सालबाट विन्ध्यवासिनी ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालन गर्नाका साथै एम्बुलेन्स सेवा पनि सञ्चालन गरिएको छ । प्राकृतिक चिकित्सा पद्धतिका आधारमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय सञ्चालनमा ल्याइएको छ । यसको भौतिक पूर्वाधार निर्माण कार्य जारी रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

विभिन्न पर्व उत्सवका पूजन धार्मिक आध्यात्मिक जागरण तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ विभिन्न पर्वहरूका उपलक्ष्यमा विशेष पूजनोत्सव आयोजना गर्ने गरिएको उनले बताए। उनका अनुसार साउनमा शिव पूजनोत्सव, गणेश चौथीमा गणेश पूजनोत्सव, श्रीपञ्चमीमा सरस्वती पूजनोत्सव, श्रीकृष्ण जन्माष्टमीमा श्रीकृष्ण जनमोत्सव, राम नवमी, हनुमान जयन्ती, शिवरात्रिमा विशेष कार्यक्रमहरू हुँदै आएका छन्।