२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पब्लिक स्पिच नेपाल सम्पन्न, जाजरकोटका दिपक रावत प्रथम

अ+ अ-

काठमाडौं। पब्लिक स्पिच नेपाल २०८२ को फाइनल राउन्ड सम्पन्न भएको छ। उक्त प्रतियोगितामा जाजरकोटका दिपक रावत प्रथम हुँदै विजेता बन्न सफल भएका छन्।

प्रतियोगितामा काठमाडौंकी मेलिसा कार्की द्वितीय र जाजरकोटकै दिपक परियार तृतीय बनेका छन्। यसैगरी, ई–सेवामार्फत सर्वाधिक मत प्राप्त गर्दै दोलखाकी उमा कार्कीले ‘पब्लिक च्वाइस अवार्ड’ हात पारिन् भने डोटीकी तोरिशा भण्डारीले सान्त्वना तथा पर्साकी प्रार्थना अधिकारीले प्रोत्साहन पुरस्कार जितिन्।

विजेतामध्ये प्रथमलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो। त्यस्तै, ‘पब्लिक च्वाइस अवार्ड’ विजेता कार्कीलाई २० हजार, सान्त्वना प्राप्त भण्डारीलाई ५ हजार र प्रोत्साहन प्राप्त अधिकारीलाई ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

पुरस्कार वितरण राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त तथा निर्णायक समिति संयोजक कृष्णहरि बास्कोटा, द आर्ट अफ लिभिङका वरिष्ठ प्रशिक्षक कञ्चन घिमिरे, उत्प्रेरक डा. तारा बहादुर गिरी (ताराजी), वरिष्ठ सञ्चारकर्मी बबिता बस्नेत लगायतले गरे।

उद्देश्य र आयोजना
युवाहरूको वक्तृत्वकला क्षमता अभिवृद्धि गर्ने, वाक्–शक्ति प्रफुल्लित गर्न उत्प्रेरित गर्ने तथा सार्वजनिक भाषणकला च्याम्पियनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित बास नेपाल नामक गैरसरकारी संस्थाले प्रतियोगिता आयोजना गरेको हो।

बास नेपालका पूर्व केन्द्रीय अध्यक्ष मन भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत मन्तव्य राखेका थिए भने काठमाडौं शाखा अध्यक्ष शकुन्तला शाहले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

प्रतिस्पर्धा र चरणगत प्रक्रिया
प्रतियोगिता तीन चरणमा सम्पन्न भएको थियो। देशभरबाट १३७ जनाले भाद्र १५ भित्र तोकिएको ढाँचामा भिडियो सामग्री पठाएका थिए। अडिसन राउन्डमार्फत ६७ जना सेमिफाइनलमा प्रवेश गरेका थिए। गत भाद्र २० गते काठमाडौंमा सम्पन्न सेमिफाइनलबाट २२ जना फाइनलमा प्रवेश गरेका मध्ये १४ जनाले अन्तिम प्रतिस्पर्धामा भाग लिएका थिए।

फाइनलमा सहभागी प्रतियोगीहरूले सुशासन र समृद्धिका लागि भ्रष्टाचार नियन्त्रण, अपाङ्गता तथा समावेशिता प्रवर्द्धनमा राज्यको भूमिका, प्राकृतिक सम्पदाको संरक्षण, बौद्धिक पलायन रोकथामका उपाय जस्ता विषयमा मन्तव्य प्रस्तुत गरेका थिए।

निर्णायक समितिमा पूर्व अर्थसचिव कृष्णहरि बास्कोटा संयोजक, वरिष्ठ सञ्चारकर्मी बबिता बस्नेत र उत्प्रेरक प्रशिक्षक डा. तारा बहादुर गिरी सदस्य रहेका थिए।