२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अध्यक्षसहित सबै पदाधिकारीले राजीनामा दिउँ, वरिष्ठ नेतालाई संयोजक तोकौँ’ : जनार्दन शर्मा

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा सरकारले अध्यक्ष लगायत सबै पदाधिकारीले राजीनामा दिई महाधिवेशनसम्मका लागि वरिष्ठ नेतालाई संयोजकको जिम्मेवारी दिन प्रस्ताव गरेका छन् ।

माओवादी पदाधिकारीको बैठकमा उपमहासचिव शर्माले पार्टी भित्र नेतृत्व हस्तान्तरण नहुँदा अहिलेको संकटको अवस्था आएकोले अब नयाँ ढंगले जानुपर्ने उल्लेख गरेका छन् ।

‘पार्टी पुनर्गठनको प्रक्रियालाई अगाडी बढाउन यस बैठकबाट अध्यक्ष कमरेड लगायत हामी सबै पदाधिकारीहरूले आफ्नो पदबाट राजीनामा गर्नुपर्दछ महाधिवेशनसम्म पार्टीलाई संयोजन गर्ने गरी वरिष्ठ नेतालाई कार्यभार दिउँ’ शर्माले भनेका छन् ।

उनले अब यथास्थितिमा पार्टी अगाडि बढ्न नैतिक मनोवैज्ञानिक विधिगत र राजनीतिक लाइनका दृष्टिले पनि नसक्ने अवस्थालाई आत्मसात् गर्नुपर्ने उल्लेख गरेका छन् ।

‘महाधिवेशनमा युवाहरूको प्रतिनिधित्व र नेतृत्व समेत सुनिश्चित गर्न अहिले नै अध्यक्ष सहित सबै पदाधिकारी राजनीतिक र वैचारिक काम गर्ने गरी निर्देशक कमिटीको अन्तरिम विधानमा व्यवस्था गरी अगाडि बढ्नुपर्दछ,’ शर्माले राखेको प्रस्तावमा छ ।

गत केन्द्रीय कमिटीले गरेको निर्णय बमोजिम मङ्सिर महिनाभित्र महाधिवेशन सम्पन्न गरी पार्टीलाई नयाँ पुस्तामा पुर्‍याउने र अध्यक्ष प्रचण्डसहित पार्टी पंक्तिले महाधिवेशनबाट निर्वाचित हुने कार्यकारी कमिटीलाई राजनीतिक वैचारिक सहयोग गर्ने प्रतिबद्धता र आत्मसात् जरुरी रहेको उनको धारणा छ ।

उनले मंसिरमा महाधिवेशन सम्पन्न गर्न केन्द्रीय कमिटी विघटन गरी आयोजक कमिटीमा बदलिनुपर्ने उल्लेख गरेका छन् ।