२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय प्रणालीले उपत्यकासहित विभिन्न जिल्लामा वर्षा

अ+ अ-

काठमाडौँ । मनसुनी वायु कमजोर हुँदाहुँदै पनि आज काठमाडौँ उपत्यकासहित देशका केही ठाउँमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका मौसमविद् हरिप्रसाद दाहालले बाह्य ठूलो प्रणाली नभई स्थानीय स्तरमा बनेको प्रणालीका कारण आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भएको बताए। उनका अनुसार हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहनुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण आज वर्षा भएको हो ।

देशको मधेश र बागमती प्रदेशलगायत कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा भएको दाहालले जानकारी दिए। उनका अनुसार गण्डकीदेखि पूर्वका अधिकांश स्थानमा आज मध्यम वर्षा भएको छ । 

मौसमविद् दाहालले पछिल्लो तीन घण्टामा काठमाडौँ उपत्यकासहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा भएको जानकारी दिए । उनले तीन घण्टामा भक्तपुरको ताथलीमा २४ दशमलव छ मिलिमिटर वर्षा भएको जनाउँदै रानीपोखरीमा १४ दशमलव छ मिलिमिटर र नैकापमा १४ मिलिमिटर वर्षा भएको बताए ।

यो प्रणालीका कारण भोलिसम्म मध्यम वर्षा जारी रहने जनाउँदै भोलिदेखि उक्त प्रणाली कमजोर हुँदै जाने मौसमविद् दाहालले बताए । विभागका अनुसार पछिल्लो तीन घण्टामा सबैभन्दा बढी गोरखामा ८७ दशमलव छ, गुल्मीमा ६२, लमजुङमा ६१ दशमलव आठ मिलिमिटर वर्षा भएको छ । अन्य सिन्धुपाल्चोक, पर्सा, सुर्खेत, चितवनलगायत जिल्लामा पनि वर्षा भएको छ ।