२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाको अवसरमा चियापान तथा शुभकामना आदान-प्रदान कार्यक्रम नगर्ने

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाको अवसरमा आयोजना गर्दै आएको परम्परागत चियापान तथा शुभकामना आदान-प्रदान कार्यक्रम यस वर्ष नगर्ने भएको छ।

वि।सं। २०३३ सालमा निर्वासनबाट फर्किएका जननायक बी।पी। कोइरालाले ल्याएको ‘राष्ट्रिय एकता तथा मेलमिलाप’को नीतिपश्चात् काँग्रेसले निरन्तर रूपमा यो कार्यक्रम गर्दै आएको थियो। तर, भदौ २३ र २४ गतेको अकल्पनीय राजनीतिक घटनाक्रमले मुलुकलाई गहिरो शोकमा डुबाएको भन्दै काँग्रेसले कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।

आन्दोलनका क्रममा ७२ जनाभन्दा बढीले ज्यान गुमाउनुका साथै राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय, संसद् भवन, सर्वोच्च अदालत, प्रहरी कार्यालयहरू, पार्टीका ऐतिहासिक भवनहरू, व्यावसायिक प्रतिष्ठानहरूमा आक्रमण, लुटपाट र आगजनी भएको साथै पार्टी सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य डा.आरजु राणा देउवासहित नेतामाथि समेत सांघातिक आक्रमण भएको विज्ञप्तिमा उल्लेख छ।

“यो विषम परिस्थितिमा हामी देशभक्त नेपाली नागरिकबिच थप राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता छ,” काङ्ग्रेसद्वारा जारी सूचनामा भनिएको छ। पार्टीका अनुसार, कार्यालयमा समेत आगजनी र ध्वंससहितको अवस्थाले मुलुक शोकमा डुबेका कारण यस वर्षको चियापान कार्यक्रम आयोजना नगर्ने निर्णय गरिएको हो।