२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छुट्टा छुट्टै दुर्घटनामा १६ घाइते, तीन जना गम्भीर

अ+ अ-

काठमाडौँ । सिन्धुली जिल्लाको दुई स्थानमा आज भएका सवारी दुर्घटनामा परी १६ जना घाइते भएका छन् । त्यसमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

विपी राजमार्गअन्तर्गत सुनकोशी गाउँपालिका-६ भालुखोलामा बालेरो जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । गोलञ्जोर गाउँपालिका-४ का २६ वर्षीय ओमबहादुर रानामगरले चलाएको बा २० च ९३१ नम्बरको बोलेरो जिप काठमाडौँबाट धापचौकीतर्फ आउँदै गर्दा अनियन्त्रित भई सडकबाट ५० मिटर तल सुनकोसी नदीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार गाडी चालकसहित १३ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमध्ये गोलञ्जोर गाउँपालिका-४ का २३ वर्षीय प्रेम मगर गम्भीर घाइते भएका छन् । गोलञ्जोरकै २० बर्षीया मालती खुलाल, १७ वर्षीय भोजबहादुर थापा, २२ वर्षीया जम्पा खुलाल, ११ वर्षीय सुशन मगर, केदार थापामगर, २० वर्षीया रोजिना थापामगर, २२ वर्षीय ज्ञानेन्द्र मगर, ३५ वर्षीय ताराबहादुर खुलाल, आठ वर्षीय नितेश मगर, २२ वर्षीया रोश्मी मगर, २५ वर्षीय ओम आलेमगर र २६ वर्षीय ओमबहादर रानामगर घाइते भएका छन् ।

घाइतेलाई खुर्कोटस्थित इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी विपद् बेस क्याम्पको संयुक्त टोलीले उद्धार गरी सुनकोशी सामुदायिक अस्पताल पुर्‍याएको छ ।

त्यसैगरी दुधौली नगरपालिका-५ ठाकुर खोला पुलस्थित मदन भण्डारी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना  घाइते भएका छन् । त्यसमध्ये दुई जनाको अवस्था गम्भीर छ । घाइतेहरूको नाम थर नखुलेको प्रहरीले जनाएको छ ।  प्रहरी उपरीक्षक सुवेदीकाअनुसार दुधौलीको सिर्थौलीबाट डकाहातर्फ आउँदै गरेको ग ८ प २७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको फलामको रेलिङमा ठोक्किएको थियो ।

घाइतेको उद्धार गरी उपचारका लागि दुधौली नगर अस्पताल सिर्थौली पठाइएको छ । घाइते तीनै जनाले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।