२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

च्याङ्ग्रा व्यापारीको दु:ख: दसैँ खर्च जोहो गर्न डोल्पादेखि बागलुङ

अ+ अ-

बागलुङ । अघिअघि एक सय सङ्ख्यामा च्याङ्ग्रा । पछिपछि हातमा लौरो, शिरमा मैलिएको टोपी र पसिनाले लिछिप्प भिजेको शरीर । अनुहारमा केही थकान र केही निराशा लिएर हिँड्दै गरेका लोकबहादुर रोकाया सोमबार साँझ मध्य पहाडी लोक मार्गअन्तर्गत बागलुङको बडिगाडमा भेटिए । 

डोल्पाको काइके गाउँपालिका–४ का रोकाया दसैँको खर्च जोहोका लागि ११ दिन अगाडि डोल्पाबाट ३०० च्याङ्ग्रा लिएर आएका थिए ।

दुई सय च्याङ्ग्रा बडिगाड आउँदासम्म बिक्री भइसकेका थिए भने बाँकी १०० सस्तो मूल्यमा दिने ‘मुड’मा रोकाया थिए । मंगलबारसम्म सबै च्याङ्ग्रा बिक्री गरेर घर फर्किने योजनामा उनी थिए । तर बिक्री नहुँदा उनी निराश थिए । रोकायाले दसैँमा च्याङ्ग्रा बेच्न थालेको अहिले मात्रै होइन । उहाँ १५ वर्षदेखि यही पेसा गर्दै आएका हुन्। तर बागलुङमा भने उनको पहिलो यात्रा हो । 

डोल्पाबाट जाजरकोट झरेर रुकुम हुँदै बागलुङ आएका रोकाया पहिले दाङतिर जाने गरेको बताए। यसपालि पोहोरको भन्दा ५० बढी च्याङ्ग्रा बजारमा झारेको रोकायाको भनाइ छ । 

बिक्री भएका सबै च्याङ्ग्राले राम्रो मूल्य पाएको सुनाउँदै अब कम मूल्यमै भए पनि दिएर गाउँ फर्किने उनी बताउँछन् । बजार झर्न केही ढिला हुँदा घर खर्कन हतार भइसकेको रोकायाले सुनाए।

“दसैँको बेला सहर बजारमा बस्ने मान्छेहरूले च्याङ्ग्राको मासु धेरै रुचाउनुहुन्छ, यो बेला च्याङ्ग्रा लिएर उहाँहरूलाई मासु खुवाउन पाउँदा हामीलाई पनि खुसी लाग्छ, च्याङ्ग्राको बिक्री भएपछि बालबच्चालाई एक जोर जुत्ता, कपडा आउँछ, छोराछोरी पठाउनु पर्‍यो, अरु के गर्ने ?”, उनले भने, “डोल्पाबाट यहाँ आउन सजिलो छैन, तर पनि के गर्ने गाउँमै यति धेरै च्याङ्ग्रा बिक्री हुँदैनन्, सजिलै पैसा त कहाँबाट आउँथ्यो र ?”

उनका साथमा अर्का एक जना तिलमबहादुर खत्री पनि थिए। दुई जनाले साझेदारीमा डेढ/डेढ सय च्याङ्ग्रा लिएर आएका थिए। दसैँको समयमा च्याङ्ग्रा बेचेर कमाएको पैसाले परिवारको पालनपोषण र छोराछोरी पढाउन सहज भएको खत्रीले बताए । डोल्पादेखि बागलुङसम्म आउँदा कैयौँ चुनौती झेल्नु परेको उनले सुनाए । अहिले मध्य पहाडी लोकमार्गले बागलुङसम्मको यात्रालाई सहज बनाइदिएको हुँदा पहिलो पटक यहाँ आएको उनको भनाइ छ ।

यस वर्ष च्याङ्ग्राको अधिकतम मूल्य ३० देखि रु ४५ हजार हरेको खत्री जानकारी दिए । आफूहरूले बथानमा रहेका रोज्जा (रोजेको) च्याङ्ग्रालाई रु ४० हजारमा दिने गरेको उनी बताउँछन् । यो मूल्य अघिल्लो वर्षकोभन्दा रु. चार हजारले कम भएको खत्रीले बताए ।

दसैँको समयमा म्याग्दी, बागलुङ, पोखरा र काठमाडौँका व्यापारी मुस्ताङको माथिल्लो क्षेत्रमा रहेका गोठमै पुगेर च्याङ्ग्रा खरिद गरेर ल्याउने गर्छन् । गोठमा सस्तोमा खरिद गर्ने व्यापारीले काठमाडौँ, पोखरासहित देशका ठूलो सहरमा पुर्‍याएर हजारौँ नाफा कमाउने गर्दछन् । 

मुस्ताङसहित डोल्पा, मुगु, हुम्लालगायत ठाउँबाट दसैँका बेला बागलुङमा भेडा च्याङ्ग्रा लिएर सयौँ व्यापारीहरू आउने गर्छन् । बागलुङसम्म आएका व्यापारी देशका ठूला सहरमा पनि पुग्ने गरेका छन् ।