२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी पुनर्गठनको पहल लिन २८ राजनीतिकर्मीहरूको आह्वान

अ+ अ-

काठमाडौँ । विभिन्न पार्टीमा रहेका राजनीतिकर्मीहरूले दोस्रो र तेस्रो तहका नेताहरूलाई आ–आफ्नो पार्टी पुनर्गठनको पहल गर्न आह्वान गरेका छन्।

अरविन्द सिंह, अभिजित अधिकारी, अशेष घिमिरे, उषाकिरण तिम्सेना, करुणा पराजुली, जटिल कार्की, जेबि विश्वकर्मा, नवीन तिवारीसहित २८ जना राजनीतिकर्मीहरूले यस्तो आह्वान गरेका हुन्।

राजनीतिलाई भ्रष्टाचारमुक्त बनाउने मागसहित जेनजेडले आयोजना गरेको शान्तिपूर्ण र गरिमामय आन्दोलनमाथि सरकारले गरेको कायरतापूर्ण आक्रमण र नरसंहारमा जीवन गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूले आफ्नो आह्वान सार्वजनिक गरेका हुन्।

‘लामो समयसम्म नेतृत्वमा बसेर राजनीतिलाई असफल बनाइरहेका मुख्य पात्रहरूलाई बिदा नगरीकन दलहरूको पुनर्गठन सम्भव छैन,’ उनीहरूले भने। ‘त्यसैले, आ–आफ्ना दलहरू पुनर्गठन गर्ने काममा कुनै ढिलाइ नगर्न सबै राजनीतिक दलका दोस्रो र तेस्रो तहका नेताहरू र ती पार्टीका जिम्मेवार सदस्यहरूलाई हामी आह्वान गर्दछौँ।’

जेनजेडको आन्दोलन आकस्मिक नभएको उनीहरूको बुझाइ छ। उनीहरूको अनुसार, राजनीतिमा संस्थागत भ्रष्टाचारविरुद्ध राजनीतिक पार्टीका कार्यकर्ता, नागरिक समाज, बुद्धिजीवी, सञ्चारमाध्यम तथा देशभित्र र बाहिर रहेका नेपालीहरूले आवाज उठाइरहेका थिए।