काठमाडौँ । नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। सभापति देउवाले आज दिउँसो १ बजेका लागि पदाधिकारी बैठक बोलाएका हुन्।
बैठक ललितपुरको हिमालय होटल कुपण्डोलमा बस्ने भएको छ । बैठकले काँग्रेसको केन्द्रीय कार्यसमिति असोज २६ गते बस्ने बैठकका एजेण्डा तय गर्ने बताइएको छ । भदौ २३ र २४ को आन्दोलनपश्चात् काँग्रेसको पहिलो पटक पदाधिकारी बैठक बस्न लागेको हो।







