२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृष्णप्रसाद सिटौलाले भने : ‘देउवाको विकल्प खोज्ने बेला भएको छैन’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

शीर्ष नेताहरूको दोस्रो दिनको बैठकमा बोल्ने क्रममा सिटौलाले अहिले सभापति देउवाको विकल्प खोज्नु बेठीक हुने बताएका हुन् ।

बैठकमा सहभागी एक नेताले सिटौला सभापति देउवालाई पदमुक्त गर्ने पक्षमा नदेखिएको बताए । सिटौलाको बोली उद्धृत गर्दै ती नेताले भने, ‘अहिले नै सभापतिको विकल्प खोज्ने बेला भएको हो त ? विकल्प खोज्नु पर्ने अवस्था अहिले म देख्दिन ।’

पार्टी पुर्नगठन गरी नयाँ नेतृत्व सहित चुनावमा जानुपर्ने विचार आइरहेको बेला सिटौलाले खुलेर सभापति देउवाको पक्षमा धारणा राखेका हुन् ।

देउवाको विकल्प खोज्ने नेताहरूलाई सिटौलाको प्रश्न थियो, ‘अस्तिसम्म शेरबहादुर देउवा ठिक अहिले बेठीक कसरी हुन्छ ? अहिले नै उहाँको छोड्नु पर्ने भन्ने किन ?’

संसद्‌ पुनर्स्थापनाको पक्षमा देखिएका सिटौलाले आजको बैठकमा त्यस विषयमा भने अलि नरम बोली राखेको सहभागी नेताले जानकारी गराए ।

उनले भने, ‘संसद् पुनर्स्थापनाका लागि उहाँको पहिले जस्तो बोली थिएन । आज अलिकति भाषा अलि नरम थियो ।’ सिटौलाले चुनाव सहजै हुने अवस्था नरहेको बताएका थिए ।