२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मंसिरभित्रै नियमित महाधिवेशन गर्न माग राख्दै काँग्रेस युवा नेताहरूद्वारा नेतृत्वको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको नियमित महाधिवेशन गर्नका पार्टी मूल नेतृत्वको ध्यानाकर्षण गरिएको छ ।

काँग्रेसका युवा नेताहरूको एक समूहले मुख्य सचिव कृष्णप्रसाद पौडेल मार्फत सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका हुन् ।

नियमित महाधिवेशनले मात्रै पार्टीका संरचनामा युवा पुस्ताको सम्मानजनक सहभागिताको हुने बाटो खुल्ने ध्यानाकर्षण पत्रमा भनिएको छ ।

‘पार्टीको पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणको प्रक्रियालाई वैधानिक रूपमा अघि बढाउन सक्ने एक मात्र विकल्प भनेको विधिवत् नियमित महाधिवेशन मात्रै हो,’ पत्रमा भनिएको छ ।

ध्यानाकर्षण पत्र बुझाउने मध्येका एक नेविसंघका पूर्व नेता दीपक भट्टराईले काँग्रेसमा आन्तरिक एकता हुनुपर्ने र मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्ने विचार राखेका छन् ।

उनले भने,‘नयाँ पुस्तालाई निषेध गरी हुने महाधिवेशनले काँग्रेस र देशको माग सम्बोधन गर्न सक्दैन ।’ सभापति देउवा नेतृत्वको कार्यसमितिको अवधि यही मंसिरमा सकिने हुँदा थप गर्न नहुने उनले बताए ।

जेनजी युवाहरूको भावना अनुरूप सुशासन, पारदर्शिता र भष्ट्राचारमा शून्य सहनशीलताको मुद्दालाई पार्टीले गम्भीरता पूर्वक लिनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

आर्थिक अनुशासनलाई पारदर्शी बनाउन ‘आन्तरिक अनियमितता छानबिन आयोग’ गठन गरी २०४६ साल पछिका केन्द्रदेखि स्थानीय तहको नेतृत्वमा पुगेको व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न माग गरिएको छ ।