२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद् पुनर्स्थापनाको मुद्दा नछाड्ने र चुनावबाट पनि नभाग्ने एमालेको नीति

अ+ अ-

काठमाडौँ। नेकपा एमालेले नेतृत्व परिवर्तनबारे चलेको बहस महाधिवेशनले नै निष्कर्षमा पुर्‍याउने जनाएको छ । 

केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नेतृत्व परिवर्तनबारे अहिले छलफल गर्न आवश्यक नरहेको बताएका हुन् ।

उनले भने, ‘यो विषय महाधिवेशनको एजेन्डा हो। अहिले यहाँ धेरै केन्द्रित भएर छलफल गर्न आवश्यक छैन। भावी नेतृत्व, नेतृत्वमा इच्छुक साथीले महाधिवेशनमा आफ्नो कुरा राख्नुहुन्छ ।’

आजको बैठकमा १३४ जनाले धारणा राखेको र भोलि पनि बैठक बस्ने बताए । संविधान र जनअधिकारको रक्षाको लागि प्रतिनिधिसभाको पुनर्स्थापना गरेर जानुपर्छ भन्ने कुरा बैठकमा उठेको बताए ।

उनले थपे, ‘संविधान पक्षधर शक्तिहरूलाई एक ठाउँमा ल्याएर व्यापक जनपरिचालन गरेर निर्णयमा पुर्‍याउनुपर्छ भन्ने सुझाव आएका छन्।’

संविधानलाई ट्याकमा ल्याउनको लागि संसद् पुनर्स्थापना मात्रै सम्भव हुनेतर्फ बैठक अघि बढेको बताए। उनले आज निर्वाचन आयोगसँगको छलफलमा निर्वाचनको वातावरण बनाउनको लागि ७ बुँदे धारणा बुझाएको बताए।

उनले भने, ‘हामीले निर्वाचनमा भाग लिँदैनौँ भनेका छैनौँ। सरकारले राजनीतिक दललाई निषेध गर्ने, अनावश्यक धाक धम्की दिनेतिर लागेको छ। निर्वाचनको वातावरण बनेको छैन ।’

उनले सरकारलाई निर्वाचनको वातावरण बनाउन आग्रह गर्दै अहिलेसम्म प्रधानमन्त्रीले राजनीतिक दलहरूसँग वार्ता नगरेको पनि बताएका छन्।