काठमाडौँ । भेटनरी औषधि उत्पादक कम्पनी कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेड (केपीएल) का सञ्चालक हेमराज बडाल पक्राउ परेका छन् ।
भन्सार शुल्क लाग्ने गरी आयात गर्न दिइएको सिफारिस पत्र कीर्ते गरेर दर्ता नै नभएका पशु औषधिहरू आयात गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो ।
उनलाई बानेश्वर क्षेत्रबाट बिहीबार साँझ नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ ।







