काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सम्बद्ध जनसंगठनको एकता दक्षिण कोरियाबाट सुरु भएको छ ।
माओवादी केन्द्र निकट प्रवासी संगठन नेपाली जनप्रगतिशील मञ्च र एकीकृत समाजवादी निकट प्रवासी नेपाली एकता मञ्चबीच आज दोङ्देमुनस्थित नेपाल थाई रेस्टुरेन्टको सभाहलमा एकता घोषणा सम्पन्न भएको हो ।
एकता सहमति पत्रमा जनप्रगतिशील मञ्चका अध्यक्ष जीवन खतिवडा र मञ्चका अध्यक्ष राजु राईले हस्ताक्षर गर्दै एकतालाई औपचारिकता दिएका हुन् ।
नेपाली जनप्रगतिशील मञ्चका प्रवक्ता सन्तोष पौडेलका अनुसार आज एकताले औपचारिकता पाएको र अन्य विषय आपसी समझदारीमा टुंगो लाग्ने छ ।







