२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पौवादुङमाको खुर्सानी खेती: बाह्य जिल्लाका किसानको ‘सिकाइ तथा अध्ययन केन्द्र’

अ+ अ-

भोजपुर । पौवादुङमा गाउँपालिकामा भइरहेको व्यावसायिक अकबरे खुर्सानी खेती अहिले देशभरका किसान र कृषि विज्ञका लागि सिकाइ तथा अध्ययन केन्द्र बन्दै गएको छ ।

यहाँका किसानले खुर्सानी खेतीबाट लिएको उल्लेखनीय आम्दानी र अपनाएको प्रविधिले अन्य जिल्लाका किसानलाई आकर्षित गर्न थालेको हो । गाउँपालिकामा करिब चार सय हेक्टर क्षेत्रमा अकबरे खुर्सानीको व्यावसायिक खेती हुने गरेको छ । यहाँका करिब नौ सय किसान खुर्सानी खेतीमा आबद्ध रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए ।

खुर्सानी खेतीको अध्ययन, अवलोकन र आवश्यक जानकारी लिन देशका विभिन्न ठाउँबाट किसान र कृषि विज्ञ आउने गरेको किसानको भनाइ छ । हालै सिन्धुली जिल्लाको दूधौली नगरपालिकाका कार्यवाहक प्रमुख नन्द किशोर थारुसहित कृषि शाखाका कर्मचारीले पौवादुङमा पुगेर खुर्सानी खेतीको स्थलगत अध्ययन गरेका छन् । थारुले यहाँका किसानको बगानमा पुगेर खेती प्रविधि, आम्दानी, तथा देखिएका चुनौतीका विषयमा जानकारी लिएको बताए ।

“यहाँका किसानले खुर्सानी खेतीबाट राम्रो आम्दानी लिएको देख्यौँ,” थारुले भने, “यहाँ अपनाइएका प्रविधिबारे जानकारी लिएर हाम्रो स्थानीय तहमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ ।”

गाउँपालिकाले अकबरे खुर्सानी खेतीमा आबद्ध किसानलाई आवश्यक सहयोग गर्दै आएको छ । गत वर्ष मात्र खुर्सानी बिक्रीबाट रु. १८ करोड आम्दानी भएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । “खुर्सानी खेती अहिले अध्ययन केन्द्रको रूपमा विकास भइरहेको छ,” अध्यक्ष भने, “हाम्रो गाउँपालिकामा खुर्सानी खेती मुख्य आम्दानीको स्रोत बनेको छ । यहाँको खुर्सानी खेती हेर्न देशका विभिन्न ठाउँबाट मानिस आउन थालेका छन् । ”

खुर्सानी खेती विस्तारका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा ७५० किसानलाई करिब रु. ७० लाख बराबरका मल्चिङ प्लास्टिकलगायतका कृषि सामग्री वितरण गरेको उपाध्यक्ष ज्योत्सना राईले बताए । पौवादुङमा गाउँपालिका-५ सानोदुम्माका स्थानीय किसान ठंगजीत राईले मौसमी तथा बेमौसमी खुर्सानी खेतीबाट वार्षिक रु. ५५ देखि ६० लाखसम्म आम्दानी गर्दै आएका छन् । उनले ४२ रोपनी जमिनमा करिब ३२ हजार बिरुवा विस्तार गरेका छन् ।

“एक बोटबाट रु. २०० सम्म आम्दानी हुन्छ,” उनले भने, “प्राविधिक सहयोग र बजार सहज भएकाले यो खेती फाइदाजनक बनेको छ ।” पौवादुङमामा खुर्सानी खेतीले स्थानीय रोजगारीका साथै कृषि पर्यटनको सम्भावना पनि बढाएको किसानको भनाइ छ ।