२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकाको फोर्ट वर्थ सिटीद्वारा दीपावली पर्वलाई मान्यता प्रदान

अ+ अ-

काठमाडौँ। नेपालीहरूको दोस्रो ठुलो पर्व दीपावलीलाई अमेरिकाको टेक्सस राज्यस्थित फोर्ट वर्थ सिटीले मान्यता प्रदान गरेको छ । 

फोर्ट वर्थ सिटी काउन्सिलको मंगलबार बसेको नियमित बैठकले दीपावली पर्वलाई सिटीको विशेष सांस्कृतिक उत्सवका रूपमा मान्यता प्रदान गरेको घोषणा गरेको हो ।

सिटीले मान्यता प्रदान गरेसँगै अबदेखि हरेक वर्ष दीपावली पर्वलाई फोर्ट वर्थ सिटीको आधिकारिक सांस्कृतिक उत्सवका रूपमा मनाइने भएको सिटी काउन्सिलले जनाएको छ ।

बैठकमा सिटी प्रशासनको तर्फबाट काउन्सिल सदस्य डेबराह पिपल्सले दीपावली पर्वलाई सहरको सांस्कृतिक विविधताको प्रतीकका रूपमा सम्मान गर्नुपर्ने प्रस्ताव पेश गरेका थिए ।

सो अवसरमा उनले नेपाली समुदायको सांस्कृतिक र सामाजिक योगदानको उच्च प्रशंसा गर्दै फोर्ट वर्थ सिटी विविधता र सहअस्तित्वको सहर भएको उल्लेख गरे । 

उक्त प्रस्तावलाई उपस्थित काउन्सिल सदस्यहरू तथा नेपाली र अमेरिकी समुदायले ताली बजाएर स्वागत गरेका थिए । सो अवसरमा जिल्ला नं. ५ की काउन्सिल सदस्य डेबराह पिपल्सले दीपावली तिहार पर्वको मान्यता सम्बन्धी सम्मान पत्र नेपाली समुदायका अगुवा तथा फोर्ट वर्थ सिटीका भवन मापदण्ड आयुक्त मोहन ज्ञवालीलाई हस्तान्तरण गरे । 

कार्यक्रममा बोल्दै सिटीकी मेयर म्याटी पार्करले नेपाली समुदायको उज्यालो पर्व दीपावली-तिहारलाई धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण भन्दै सहरले यस पर्वलाई आधिकारिक रूपमा स्वीकार गरेको बताए। 

मेयर पार्करले फोर्ट वर्थ सिटी विविधता र सांस्कृतिक समृद्धिको उत्कृष्ट उदाहरण हो, जहाँ नेपाली समुदायको विशेष योगदान भएको चर्चा गरे । 

नेपाली समुदायको तर्फबाट बोल्दै अगुवा मोहन ज्ञवालीले सहर प्रशासनप्रति आभार व्यक्त गर्दै “फोर्ट वर्थ सिटीले नेपालीहरूको सांस्कृतिक पर्वलाई मान्यता प्रदान गर्नु सम्पूर्ण नेपाली समुदायका लागि गौरवको विषय भएको बताए।