२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मार्फा-छैरो-चिमाङ सडक स्तरोन्नति गरिने

अ+ अ-

मुस्ताङ । घरपझोङ गाउँपालिकाअन्तर्गतको मार्फा-छैरो-चिमाङ सडक स्तरोन्नति गरिने भएको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत उक्त सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्ष २०८२/८३ मा रु एक करोड विनियोजन गरिएको छ ।

बेनी-जोमसोम ७६ किमी सडकमार्गको मार्फा सामग्रीदेखि कालीगण्डकी पारि ओझेलमा परेको यहाँको छैरो-चिमाङ गाउँ जोड्ने सडकलाई थप स्तरोन्नतिसहित आवश्यक स्थानमा कालोपत्र गर्ने गरी बहुवर्षीय योजना स्वीकृत हुनसक्ने सम्भावित सूचीमा रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख अजयकुमार श्रेष्ठले जानकारी दिए । 

कालीगण्डकी नदीमा निर्मित मार्फा-छैरो पुलबाट चिमाङसम्मको कच्ची सडकलाई स्तरोन्नति गर्दै आवश्यक स्थानमा कालोपत्र गर्नेगरी बहुवर्षीय योजनाका रूपमा कार्यान्वयन हुनसक्ने सम्भावना भएकाले तत्कालका लागि छैरो-चिमाङ सडक स्तरोन्नति कार्यान्वयन नगरिएको उनले बताए । “हामीले तत्कालका लागि यहाँको सडक कार्यान्वयन गर्न रोकेका छौँ, बहुवर्षीय कार्यक्रमका रूपमा निर्देशन प्राप्त भएमा कार्यालयका तर्फबाट सोही अनुसार प्रक्रिया अघि बढाइनेछ,” प्रमुख श्रेष्ठले भने ।

छैरो-चिमाङ सडकलाई बहुवर्षीय कार्यक्रमका रूपमा लैजाँदा चालु आवमा विनियोजन भएको रकमको पाँच गुणासम्मको लागत अनुमान तयार गरी स्रोत सुनिश्चित हुने कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ । बहुवर्षीय कार्यक्रम स्वीकृत हुँदा मार्फा-छैरो-चिमाङ करिब चार किलोमिटर सडकको केही खण्ड कालोपत्र र अन्यमा स्तरोन्नति हुने उनले उल्लेख गरे । छैरो-चिमाङ सडक बहुवर्षीय कार्यक्रम स्वीकृत हुँदा चालु आवमा ठेक्का सम्झौता र सडक स्तरोन्नति कार्य सुरु हुनेछ ।

कालीगण्डकी नदी पारि रहेको ओझेलमा परेको कृषि गाउँ चिमाङसम्म जोड्ने सडक जीर्ण र असहज हुँदा स्थानीय सर्वसाधारणलाई आवतजावत र मालसामान ढुवानीलगायत कार्यमा जोखिम देखिएको छ । छैरोबाट चोखोपानी खोलासम्म सिधा कच्ची सडक र चोखोपानीबाट चिमाङसम्म ठाडो उकालो सडक जीर्ण हुँदा यातायातका साधनको सहज पहुँच पुग्न सकेको छैन । 

छैरो-चिमाङ सडकलाई स्तरोन्नति तथा कालोपत्र गर्न सकिएमा त्यस क्षेत्रको कृषि उपजको सहज बजारीकरण तथा पर्यटन विकासमा समेत टेवा पुग्ने स्थानीय इन्द्रप्रसाद थकालीले बताए। मार्फा-छैरो जोड्ने कालीगण्डकी नदीमा पुल निर्माण भइसकेकाले चिमाङसम्मको सडक स्तरोन्नति तत्कालको आवश्यकता रहेको उनले उल्लेख गरे ।