काठमाडौँ । चीनको जनमुक्ति सेना (पीएलए) वायुसेनाको ७७ औँ स्थापना दिवसका अवसरमा लडाकु विमानले ग्रेटवालमाथि हवाई प्रदर्शन गरेका छन् ।
सन् २०२६ नोभेम्बर ६ मा चीनको तियानजिनस्थित ह्वाङयागुआन ग्रेटवालमाथि पीएलए वायुसेनाको बायी एरोबेटिक टोलीका छ वटा जे–१० लडाकु विमानले उडान भरेका हुन् ।
हवाई प्रदर्शनअघि पाइलटहरूले २४ घण्टासम्म विभिन्न प्राविधिक जाँच, सुरक्षा ब्रिफिङ तथा अभ्यास गरेका थिए । ग्रेटवालमाथिको उक्त उडान वायुसेनाको स्थापना दिवसका अवसरमा आयोजित उत्सवको एक हिस्सा रहेको जनाइएको छ । पीएलए वायुसेनाको स्थापना दिवस बुधबार परेको छ ।
स्थापना भएको ७७ वर्ष पूरा भएको अवसरमा चीनले विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ ।





