२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटक लोभ्याउँदै पुरन्धरा झरना

अ+ अ-

दाङ । पश्चिम दाङको बबई गाउँपालिका–५ मा अवस्थित पुरन्धरा झरना जिल्लाकै एक महत्त्वपूर्ण पर्यटकीय केन्द्र हो । अहिले सो झरनाको अवलोकन गर्न टाढा टाढाबाट पर्यटक पुग्ने गर्दछन् । विशेषगरी दसैँ–तिहार मनाउन घर फर्केका धेरैले यस वर्ष झरनाको  अवलोकन गरेको स्थानीयहरू बताउँछन् । 

पैँतालीस फिट उचाइको सो झरनाबाट पानी तल खस्दै गरेको मनमोहक दृश्यले त्यहाँ पुग्ने सबै लोभिन्छन् । सोही दृश्यको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । तीनतिरबाट वनजङ्गलले घेरेको पश्चिमतर्फ भने कलकल बग्ने बबई नदी र सोही नदीको करिब १० मिटर टाढा पूर्वतर्फ रहेको प्राकृतिक पुरन्धरा झरना छ । झरनाबाट खसेको पानी पोखरीजस्तै आकारमा जम्मा हुन्छ । त्यहीँबाट बिस्तारै बबई नदीमा गई मिसिने गर्दछ । 

झरनाको अवलोकन गर्न पुग्ने जो कोही पनि त्यहीँ पानी खस्ने ठाउँमा सेल्फी खिच्न, टिकटक बनाउन व्यस्त हुन्छन् भने गर्मीको समयमा भने अवलोकन गर्ने गएका पर्यटक सोही पोखरीमा पौडी  खेल्छन् । यति बेला दाङका विभिन्न स्थान तथा अन्य छिमेकी जिल्लाबाट पनि आन्तरिक पर्यटक  झरना अवलोकन गर्न आउने गरेका कर्मचारी कुलबहादुर बुढाले जानकारी दिए। दैनिक तीन सयदेखि चार सयसम्म आन्तरिक पर्यटक झरना अवलोकन गर्न आउने गर्दछन् । 

विशेषगरी दसैँ–तिहारको समयमा विद्यालयमा बिदा भएकाले विद्यार्थी आ–आफ्ना अभिभावकसँग झरना अवलोकन गर्न आउँछन् । झरना अवलोकन गर्न आउने पर्यटकबाट व्यक्तिगत शुल्क लिने गरिएको छैन । सवारीसाधनबाट भने पार्किङ शुल्क लिने गरिएको छ । झरनाको संरक्षण तथा पर्यटकको सुविधा तथा सुरक्षाका लागि त्यहाँ कर्मचारीको व्यवस्था गरिएको छ । 

झरना अवलोकन गर्न बाँकेको कोहलपुरबाट पहिलोपटक पुगेकी ३० वर्षीया शपथ चापागाईंले यहाँ आउँदा निकै आनन्द आएको बताए । उनले यसलाई अझै व्यवस्थित रूपमा संरक्षण गर्न र वरपरको वातावरण सफा स्वच्छ राख्न आवश्यक भौतिक पूर्वाधार निर्माणमा सुझाव दिए। तुलसीपुर, हापुरे, सुर्खेत खण्डको ट्वाङ खोलाबाट करिब आठ किलोमिटर दक्षिण पश्चिममा पर्ने सो झरनाको आफ्नै महत्त्व छ । यो एकान्त ठाउँमा छ । त्यहाँ वरपर कुनै बस्ती छैन । 

सो झरना क्षेत्रमा पहिले त्यहाँ घनघोर जङ्गल रहेको र त्यही जङ्गलको बीचमा सानो बाटो बनाएर मानिस गाईबस्तु लिएर जङ्गलमा जाने, घाँस, दाउरा तथा खर काट्ने र त्यही गोठ बनाएर बस्ने गर्दथे । सोही गोठमा बस्ने क्रममा आवतजावत गर्दा मानिसले त्यहाँ झरना रहेको पत्ता लगाएका थिए । झरना करिब एक सय मिटरको दूरीमा सिद्धेश्वर महादेवको मन्दिर छ । सो मन्दिरमा त्यहाँ शिवरात्रिमा ठूलो मेला लाग्दछ । 

बबई गाउँपालिकाका अध्यक्ष कुलप्रसाद केसीले झरनाको विकासका लागि आफूले गुरुयोजना बनाई पूर्वाधार निर्माणका कामलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । अध्यक्ष केसीका अनुसार विगतका वर्षमा बाटो नहुँदा झरना क्षेत्रको अवलोकन वर्षायाममा गर्न सकिँदैनथ्यो ।