२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानाध्यापक र लेखापालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अ+ अ-

काठमाडौँ । सूचना, प्रविधि कार्यक्रमका लागि आएको बजेट हिनामिना गरेको भन्दै स्याङ्जाको शिशु कल्याण माविका तत्कालीन प्रधानाध्यापकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयका तत्कालीन प्रधानाध्यापक रविलाल लुइँटेल, तत्कालीन लेखापाल छविलाल गाहा र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राम थापाविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष ०७८/०७९ मा स्याङ्जाको गल्याङ नगरपालिका-४ स्थित शिशु कल्याण माविमा आईसीटी ९सूचना प्रविधि० कार्यक्रमका लागि आएको बजेट उनीहरूले आपसी मिलोमतोमा हिनामिना गरेको पाइएको अख्तियारको ठहर छ ।

कूल बजेटमध्ये ०७९ असार २३ गते सात थान डेस्कटप कम्प्युटर, एक थान प्रोजेक्टर, एक थान ल्यापटप, एक थान प्रिन्टर गरी ६ लाख ७४ हजार ४५ रुपैयाँ खरिद गरेको देखाइएको थियो ।

जसमध्ये दुई थान कम्प्युटर, एक-रएक थान प्रिन्टर र प्रोजेक्टर विद्यालयमा नलगी नक्कली दाखिला प्रतिवेदन तयार गरेको पाइएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । ६१ हजार ५०० रुपैयाँ दरका दुई कम्प्युटरको कूल १ लाख २३ हजार रुपैयाँ, प्रोजेक्टरको ५८ हजार रुपैयाँ, प्रिन्टरको गरी २ लाख १७ हजार रुपैयाँ अनियमितता भएको देखिएको अख्तियारले भनेको छ ।

अख्तियारका अनुसार प्रतिवादीहरूले मिलेमतो मै विद्यालय व्यवस्थापन समितिको निर्णय बिनै प्रधानाध्यापकको नाममा दुई लाख ५४ हजार ६६७ रुपैयाँ चेक काटेर विद्यालयको कोषबाट निकासा गरी विद्यालयमा फिर्ता नगरेको पाइएको छ ।

जसअनुसार विद्यालयका तत्कालीन प्रधानाध्यापक, लेखापाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिलेर ४ लाख ७१ हजार ६६७ रुपैयाँ २६ पैसा अनियमितता गरेको स्थलगत अनुसन्धानले अख्तियारको दाबी छ ।

प्रतिवादी तीनैजााविरुद्ध ४ लाख ७१ हजार ६६७ रुपैयाँ २६ बिगो कायम गरी कैद र बिगो रकम असुलउपरको माग गर्दै आइतबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।