२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखराको चार स्थानमा छठ पूजा गरिँदै

अ+ अ-

कास्की । पर्यटकीय राजधानी पोखरामासमेत छठ पर्व धूमधामका साथ मनाउने तयारी गरिएको छ । सूर्य भगवानको उपासना गरिने यस पर्वमा नेपालको तराई तथा मधेशी समुदायका श्रद्धालुहरूका लागि पोखरामै चार प्रमुख स्थानमा छठ पूजा गर्ने व्यवस्था गरिएको हो । पेसा र व्यवसायका कारण पोखरामै बसोबास गरिरहेका तराई-मधेशका समुदायका श्रद्धालुहरूले पछिल्ला वर्षमा पोखरामै छठ पर्व मनाउँदै आएका छन् ।

पोखराको केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनार), नारायण स्थान मन्दिर, सेती गण्डकी र काली खोलाको संगमस्थल र कमलपोखरीलाई पूजाका लागि विशेष रूपमा सजाइएको र वरपर सरसफाइ गरिएको नारायण स्थान मन्दिर पूजा समितिका उपाध्यक्ष विनोद गुप्ताले जानकारी दिए । चार वटै स्थानमा पूजा समिति गठन गरी सामूहिक पूजाको प्रबन्ध गरिएको छ ।

पोखरामै छठ पर्व मनाउने भक्तहरूका लागि सहज वातावरण सिर्जना गर्न समिति सरसफाइदेखि आन्तरिक व्यवस्थापनसम्ममा जुटेका हुन् । उनले भने, “हामीले विगत देखिनै पोखरामा छठ पूजाका लागि व्यवस्था गर्दै आएका छन् । पूजाका लागि आफ्नो घर जान असमर्थ भएका र यहीँ बसेर पूजा गर्नुपर्ने बाध्यता भएकाहरूलाई सहज भएको छ । पोखरामा हामीले धूमधामका साथ यस वर्ष पनि छठ मनाउने छौँ ।”

छठ पूजामा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने र मंगलवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरिने । पूजा स्थलहरूमा फूलमाला, रङ्गीन बत्ती र टेन्ट जडान गरी श्रद्धालुका लागि बस्ने व्यवस्था मिलाइएको उपाध्यक्ष गुप्ताले बताए ।

भद्रकाली छठ पूजा समितिका अध्यक्ष तारानन्द शर्माका अनुसार भक्तजनहरूले पञ्चमीका दिन व्रत बस्ने (खड्ना) र राति पूजा गर्ने परम्परा रहेको छ । केराको खम्बा, भोगटे, सुन्तला, उखु, अदुवा, लगायतका फलफूलका बोटहरूबाट मण्डप सजाइने र सूर्यदेवलाई भगवानको रूपमा पूजा गरेर मनोकामना पूर्ति हुने विश्वासका साथ व्रत बस्नै गरिएको उनले बताए ।

पोखरामा १० हजारको हाराहारीमा नागरिकले छठ पर्व मनाउने गरेको बताइन्छ । पछिल्लो समय तराईसहित पहाडी समुदायमासमेत छठ मनाउने प्रचलन बढेको पाइन्छ ।