२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माधव नेपाल अहिलेको राजनीतिमा सबैभन्दा कम्फर्ट जोनमा रहेको भन्दै महेश बस्नेतलाई सुदेशको जवाफ

अ+ अ-

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य सुदेश पराजुलीले एमाले नेता महेश बस्नेतलाई आफ्नो पार्टी अध्यक्ष माधव नेपाल अहिलेको राजनीतिमा सबैभन्दा कम्फर्ट र रिल्याक्स जोन रहेको बताएका छन्।

नेता बस्नेतले एमाले विभाजित गराएर देशलाई धोका दिएर गएका माधव नेपालले माओवादीमा आफ्नो पार्टी विलय गराउनु भन्दा एमालेमा फर्किन भनेपछि यस्तो जवाफ दिएका हुन्।

महेश बस्नेत र केपी ओलीलाई चुनौती नै सही भन्दै लेखेका छन्, ‘कमरेड माधव नेपाल अहिलेको राजनीतिमा सबैभन्दा कम्फर्ट र रिल्याक्स जोन हुनुहुन्छ हेक्का राख । अपराधी र हत्याराको आरोप माधव नेपाललाई छैन। प्रधानमन्त्री भएकै समय बालुवाटारबाट जनताले लखेटेको, भागेको इतिहास माधव नेपालको छैन ।’

जनताले खेदेको जनतासँग हारेको शेख हसिना र ओली उस्तै भए भनेर भागेको चिन्ता नेता बस्नेतलाई भारी भएको भन्दै कटाक्ष गरेका छन्।

उनले थपेका छन्, ‘जनताको बहुदलीय जनवादको कुरा त केपी ओलीले प्रचण्ड कमरेडसँग प्रधानमन्त्रीको कुर्सीसँग साटेको होइन । सत्ता स्वार्थमा जबजको हुर्मत लिएको होइन र ? गुन्डुबाट भाग्नु परेका, बालुवाटारबाट कुर्सी छोडेर भागेको तनाव अझै बाँकी छ ?

नेकपाकालमा ओली र प्रचण्ड मिल्दा खुसीले हर्ष-बढाइँ गर्दै माधव नेपाललाई पेलेको स्मरण गरेका छन्।

‘सामन्त गोयल साक्षी राखेर बालुवाटारबाट कम्युनिस्ट पार्टी विभाजन गर्दै विदेशीको गुलामी गरेको इतिहास साक्षी नै छ । विचरा स्कुलड्रेसका कलिला अबोध बालबालिकाको हत्यारा बालाई नबोक, बरु आउ वामपन्थी एकता गर्दै हिजोको नेकपा निर्माण गरौँ’ पराजुलीले भनेका छन्।