२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणकाजी श्रेष्ठले भने : ‘एकीकृत समाजवादी विभाजित नभएर एकतामा आउने सुनिश्चित हुनुपर्छ’

अ+ अ-

काठमाडौँ। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताको संवाद चलिरहेको बताएका छन् ।

दुई पार्टीबीचको एकता प्रक्रिया समग्र कम्युनिष्ट आन्दोलनको रूपान्तरण एवं पुनर्गठन अभियानको प्रस्थान विन्दु हुन सक्नुपर्ने उनको मत छ ।

सामाजिक सञ्जालमार्फत उनले सम्बन्धित पार्टीहरू विभाजित नभएर एकता प्रक्रियामा सामेल हुने सुनिश्चित हुनुपर्ने पनि बताएका छन् ।

उनी लेखेका छन्, ‘हाम्रो पार्टीले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गर्न पहल गर्ने निर्णय गरेको हो । तर यो एकता प्रक्रियाले समग्र कम्युनिष्ट आन्दोलनको रूपान्तरण एवं पुनर्गठन अभियानको प्रस्थान विन्दुको भूमिका खेल्न सक्नु पर्छ र सम्बन्धित पार्टीहरू विभाजित भएर होइन समाष्टिरुपमा नै एकता प्रक्रियामा सामेल हुने सुनिश्चित हुनुपर्छ ।’

एकताको प्रक्रियामा रहेका दलहरू विभाजित नभएरै अगाडि बढ्ने वातावरणका लागि धैर्य आवश्यक रहेको पनि उनले बताएका छन् । उनी थप्छन्, ‘त्यस निम्ति धैर्यतापूर्वक प्रयत्न गरौँ । हतार गरेर न समग्र एकता न सार्थक पुनर्गठनको स्थिति नबनोस् भन्नेमा सचेत होऔँ ।’

तथापि, नेपाली कम्युनिष्ट आन्दोलनको वैचारिक, सांस्कृतिक रूपान्तरण ,एकीकरण र पुनर्गठन वर्तमानको आवश्यकता भएको उनले बताएका छन् । यस दिशामा सार्थक पहल समयको निर्देश भएको उल्लेख गर्दै उनी थप्छन्, ‘तर एकीकरण प्रक्रियालाई समग्र कम्युनिष्ट आन्दोलनले माग गरे अनुसारको रूपान्तरण र पुनर्गठन सहितको एकीकरणको रूपमा अघि बढाउन सकिए मात्र त्यो औचित्यपूर्ण र सकारात्मक परिणामयुक्त हुनेछ ।’