काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले बुधबार डडेल्धुराको आलिताल गाउँपालिका वडा नं. ३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सर्वजित मडैविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीमाथि उपभोक्ता समितिको चेकमा किर्ते हस्ताक्षर गरी कोषको रकम हिनामिना गरी भ्रष्टाचार गरेको कसुरमा आरोप पत्र दायर गरिएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए ।








