२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसमा महाधिवेशनबारे चर्को रस्साकस्सी, विशेष महाधिवेशन पक्षधरले बोलायो बेग्लै भेला

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसमा महाधिवेशनबारे चर्को रस्साकस्सी चलिरहेको बेलामा विशेष महाधिवेशन पक्षधरले बेग्लै भेला बोलाएको छ। आइतबार काठमाडौँमा बस्ने गरी भेला बेलाएको हो।

काँग्रेसमा विशेष महाधिवेशन माग्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित केन्द्रीय कार्यालयमा बुझाइएको छ। तर संस्थापन पक्षले हस्ताक्षरको वैधानिकतामाथि नै प्रश्न उठाएपछि काउन्टर दिनको लागि बेग्लै भेला राखेको हो।

विशेष महाधिवेशनको अगुवाइ गरिरहेका नेता गुरुराज घिमिरेले अहिले राष्ट्रव्यापी नभई थप छलफलको लागि आफूहरू जम्मा हुन लागेको बताए।

उनले भने, ‘केन्द्रीय समिति बैठक पनि बसिरहेको छ। अहिलेसम्म कार्यतालिका पेस हुन सकेको छैन। हामीले विधान अनुसार नै विशेष महाधिवेशनको माग गरेका हौँ। अहिलेसम्म त्यसलाई सम्बोधन हुने नदेखिएपछि हामीले थप छलफल गर्न लागेका हौँ।’

आइतबार बानेश्वर आसपास नै बस्ने तयारी रहेपनि स्थान अहिलेसम्म तय नभएको उनले बताए।

आज इतर समूहका नेता डा।शेखर कोइराला र महामन्त्री गगन थापासहित बसेको बैठकले पुस १६ गते नियमित महाधिवेशन गर्ने प्रस्ताव अघि सारेको छ।

त्यही प्रस्ताव लिएर महामन्त्रीद्वय अहिले कार्यवाहक सभापति पूर्णबहादुर खड्का भेट्न पुगेको छन्। तर संस्थापन पक्षले भने फागुन २१ को चुनावअघि महाधिवेशन गर्न नसक्ने भन्दै वैशाखमा गर्नुपर्ने पक्षमा छन्।

कार्यतालिकामा सहमति नजुटेपछि महामन्त्री थापाले हिजो बैठक नै बहिस्कार गरेका थिए। तर, कावा सभापति खड्काले भने केन्द्रीय समितिले बहुमतको आधारमा निर्णय गर्ने जवाफ दिइसकेका छन्।