काठमाडौँ । माओवादी कम्युनिष्ट पार्टी नेपालका संयोजक गोपाल किराँतीले समाजवादी एकताको लागि छलफल चलिरहेको बताएका छन् ।
माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका दलहरू एकता गर्ने तयारीमा छन् ।
त्यसलाई वृहत् समाजवादी एकताको रूपमा अगाडि बढाउन खोजिएको र उक्त छलफलमा आफू पनि सहभागी रहेको उनले बताएका हुन् ।
‘कुरा चलिराखेको छ । निर्णय हुन बाँकी छ,’ किराँतीले भने । उनी पूर्व माओवादी हुन् ।







