२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेको सचिवालय बैठक बस्दै

अ+ अ-

काठमाडौँ। नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बिहान ११ बजे बस्नेछ । 

आज बस्ने सचिवालय बैठकले महाधिवेशनको तयारी र जनचालनबारे निर्णय गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

‘एमाले अब महाधिवेशनमा होमिएको छ । यो सचिवालय बैठकले गर्ने मुख्य एजेण्डा महाधिवेशनको क्यालेण्डर निर्माण हो,’ उनले भने ।

असोज अन्तिम साता बसेको केन्द्रीय कमिटी बैठकले २७/२९ मंसिरमा एघारौँ महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको छ । उक्त महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको छनोटको मिति, अनुपात, संख्या र आधारबारे यो सचिवालय बैठकले निर्णय गर्ने गौतमले बताए ।

‘पहिले एक हजार पार्टी सदस्य बराबर ३ जना प्रतिनिधि छनोट गर्ने मापदण्ड अपनाइएको थियो । यसपटक १२ सय सदस्य बराबर ३ जना प्रतिनिधि छनोट गर्ने सल्लाह भइरहेको छ,’ गौतमले भने ।

पार्टी सदस्य संख्या बढेकाले अनुपात बढाउनु परेको उनले बताए । गौतमका अनुसार एमालेमा ६ लाख ६३ हजार पार्टी सदस्य कायम भएको छ ।

जनसंगठन, विभाग, केन्द्रीय कार्यालय, प्रवास र आयोजक गरी २२ सयको हाराहारीमा प्रतिनिधि चयन हुनसक्ने अनुमान गरिएको छ । तर, यसबारे निर्णय सचिवालय बैठकले गर्ने स्थायी कमिटी सदस्य गौतमले बताए ।

सचिवालय बैठकको अर्को एजेण्डा जनपरिचालन हुने पनि उनले बताए । ‘पार्टीले प्रतिनिधि सभा पुनर्स्थापना भनेको छ । त्यसैले यो बैठकले जनपरिचालनको कार्ययोजना ल्याउँछ,’ गौतमले भने ।