२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेद्वारा युथ भोलेन्टियर फोर्स घोषणा

अ+ अ-

काठमाडौँ। नेकपा एमालेले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको छ ।

आइतबार भक्तपुरको गुण्डुमा जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलाले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको हो ।

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यको उपस्थिति थियो।

कार्यक्रममा युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले युथ भोलेन्टियर फोर्सको केही आचार संहिता पनि बनाएको बताए ।

उनले भने, ‘हामीले भक्तपुरमा पहिलो पटक युथ भोलेन्टियर फोर्सको घोषणा गरेका छौँ। साथै भक्तपुरबाहेक ललितपुर, काठमाडौँ, काभ्रे, रामेछापलगायतका जिल्लामा घोषणा गर्नेछौँ।’

उनका अनुसार यो युथ फोर्स घोषणा गर्नमा मधेश, पहाड र हिमालका संगठनका साथीहरूले साथ दिएका छन् ।

नेता महेश बस्नेतका अनुसार केपी ओली गुण्डुमा बस्न थालेपछि दुई महिनादेखि युवाहरू त्यस क्षेत्रमा खटिएका छन् ।  ‘२ महिनामा २ हजार युवा खटे । गुण्डुवासीको तर्फबाट कुनै गुनासो आएको छैन’ उनले भने ।

पुष्प श्रेष्ठ, अमित पौडेललगायतले  अहिलेसम्म  समन्वय गरेको उनले जानकारी दिए । युवा संघ, भूपू सैनिक संगठन, एमाले भक्तपुर लगायतले नेताहरूको सुरक्षामा काम गरिरहेको उनले जानकारी दिए ।

उनले विगतमा युथ फोर्स निर्माण गरेर माओवादीको आतंक हटाएको उल्लेख गर्दै नेता बस्नेतले अहिले पनि  सबै खालका अराजकता विरुद्ध  युथ भोलेन्टियर्स  फोर्सले काम गर्ने जानकारी दिए ।