काठमाडौँ। गुल्मीको मुसिकोट नगरपालिकाले आज सार्वजनिक बिदा दिने भएको छ।
नगरपालिकाले वैकुण्ठ चतुर्दशी अर्थात् मालिका पूर्णिमा पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको हो ।
मेलाको अवसरमा नगरपालिकाले आज मातहत रहेका सबै वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था तथा अन्य सार्वजनिक निकायहरू बिदा दिने निर्णय गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश घिमिरेले बताए ।
मालिका पूर्णिमा धार्मिक र सांस्कृतिक दृष्टिले विशेष महत्वको पर्व हो ।








