२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘काँग्रेस विवाद चुनावमा टिकट कसले बाँड्ने भन्ने लडाइँ हो’ : विनोद चौधरी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा उद्योगपति विनोद चौधरीले पार्टीमा देखिएको पछिल्लो विवाद आगामी निर्वाचनमा टिकट कसले बाँड्ने भन्ने विषयमा केन्द्रित रहेको टिप्पणी गरेका छन्।

सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्ने क्रममा उनले महाधिवेशनबारे देखिएको पछिल्लो विवाद केवल आगामी चुनावमा टिकट कसले बाँड्ने भन्ने विषय मात्रै भएको टिप्पणी गरेका हुन्।

‘टिकट कसले बाँड्ने भन्ने कुराको लडाइँ न हो यो । घुमरे, छिरेर । प्रश्न टिकट कसले बाँड्ने भन्ने होइन, आउने दिनहरूमा टिकट कस्तालाई दिने हो भोलिको दिनमा ? पार्टीलाई जित्ने कसरी बनाउने हो भोलिको दिनमा ?’

जारी पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सबैभन्दा बढी छलफल पनि त्यही विषयमा हुनुपर्ने नेता चौधरीको भनाइ थियो। ‘यो केन्द्रीय कार्यसमिति बैठकको सबैभन्दा संवाद र चिन्ताको विषय त्यो हुनुपर्ने हो,’ उनले भने।

चौधरीले काँग्रेस अब तीन ठूला दललाई बहिष्कारको मानसिकता बोकेकाहरूसँग चुनाव लड्न गइरहेको तर्फ पनि सचेत गराए।

‘अब हामी को सँग चुनाव लड्न गइरहेका छौँ ? हामी यस्तो मानसिकतासँग चुनाव लड्न गइरहेका छौँ, जसले तीनटै दललाई रिजेक्ट गरिसक्यो,’ उनले भने, ‘दलभित्र राम्रा मान्छे पनि होलान्, नराम्रा मान्छे पनि होलान् । एक से एक त्याग गरेका तपस्वी पनि होला, सबभन्दा भ्रष्टाचारी पनि होलान्।’