काठमाडौँ। राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ।
सिंहदरवारमा बसेको बैठकमा राष्ट्रिय सभाले अब सम्पादन गर्नु पर्ने कार्यहरूबारे छलफल भएको छ।
बैठकमा राष्ट्रिय सभाका अघिल्ला अधिवेशनको समीक्षा भएको एक सांसदले जानकारी दिए।
बैठकमा राष्ट्रिय सभाको पुस्तक प्रकाशन, समितिहरूका काम-कारबाही, विधेयकका वर्तमान अवस्थाबारे पनि छलफल भएको थियो।







