काठमाडौँ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले राजीनामा दिएका छन् ।
स्वास्थ्यको कारण देखाउँदै डा. बाराकोटीले शुक्रबार स्वास्थ्य मन्त्रालय मार्फत प्रधानमन्त्री कार्यालयलाई सम्बोधन गर्दै राजीनामा दिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पुष्टि गरेका छन् ।
अतिरिक्त सचिव समेत रहेका डा. बाराकोटीको सरकारी सेवाको अवधि अझै दुई वर्ष बाँकी नै थियो ।
प्रवक्ता डा. बुढाथोकीका अनुसार सचिव बाराकोटीले बुझाएको राजीनामा पत्र आइतबार प्रधानमन्त्री कार्यालयमा पठाइने छ ।







