२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एएनओ अमेरिकी समितिमा नयाँ नेतृत्व चयन

अ+ अ-

काठमाडौँ । विभिन्न देशमा बसोबास गर्दै आएका नेपाली ओरिजिनहरूको संस्था एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)मा भुवन गौतमको अध्यक्षतामा २१ सदस्यीय अमेरिकी राष्ट्रिय समिति चयन गरिएको छ। 

अमेरिकाको पेन्सिलभेनिया राज्यको कार्लाइल सहरमा भएको सम्मेलनले समितिको उपाध्यक्षमा डा. सञ्जु महतो, सचिवमा विवेक पौडेल, सहसचिवमा चन्द्र पराजुली, कोषाध्यक्षमा तृष्णा चिमोरिया र सदस्यसहितको नयाँ कार्यसमिति चयन गरेको एनएनओका केन्द्रीय महासचिव चूडामणि भट्टराईले बताए। 

अमेरिकाका लागि नेपाली कार्यवाहक राजदूत शरद्राज आरणले सो सम्मेलनको उद्घाटन गर्दै नेपालको निर्माण र समृद्धिमा नेपाली जातिले ठुलो योगदान दिन सक्ने बताउँदै संसारभर छरिएर रहेका नेपाली मूलका व्यक्तिहरूलाई नेपालीको परिचय दिनुपर्ने बताए। उनले संसारका विभिन्न मुलुकमा बसेका नेपाली मूलका मानिसहरूलाई कसरी पहिचान दिन सकिन्छ भन्ने बारे राजदूतावासले छलफल गर्ने र एएनओका मागलाई नेपाल सरकारसमक्ष पुर्‍याउने बताए। 

एएनओका अध्यक्ष डिल्ली अधिकारीले नेपालको समृद्धिमा योगदान दिन तयार भएका नेपाली मूलका मानिसलाई नेपाल सरकारले नेपाली पहिचान दिनुपर्ने माग गरे। उनले विदेशी भएर नभई पुस्तौँअघि नेपालबाट बाहिर गएका नेपाली मूलका मानिस नेपाली जातिकै प्रतिनिधिका रूपमा नेपालको हर क्षेत्रमा योगदान दिन तयार रहेको र नेपाल सरकार आफ्नै सन्ततिलाई नेपालीको पहिचान दिन तयार हुनुपर्ने धारणा राखे। 

सो अवसरमा ओहायो राज्यका लागि नेपालका अवैतनिक वाणिज्यदूत एवं एएनओका केन्द्रीय सदस्य डा दामोदर पौडेलले नेपाली जातिका मानिसलाई नेपालसँग जोड्ने एएनओको अभियानले पछिल्ला दिनमा तीव्रता पाएकाले यस अभियानमार्फत नेपाली ओरिजिनले नेपालको समृद्धिमा योगदान दिने विश्वास व्यक्त गरे। 

एनएनओका अन्तरराष्ट्रिय बोर्ड अफ ट्रष्टी ओमराज गुरुङ र महासचिव चूडामणि भट्टराईले अमेरिकाका विभिन्न राज्यबाट प्रतिनिधिका रूपमा भाग लिएका सामाजिक कार्यकर्तालाई नेशनल डेलिगेट कमिटीमा चयन गरिएको जानकारी दिए। नेपालीको उपस्थिति रहेको सो सम्मेलनमा इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनको गायन तथा नृत्य कक्षाका विद्यार्थीहरूले नेपाली संस्कृति झल्कने नृत्य र गीत प्रस्तुत गरेका थिए। सोही कार्यक्रममा स्वतारा टाउनसिपकी नवनिर्वाचित कमिस्नर नेपाली मूलकी विनीता पुरी राईलाई एएनओ र उक्त फाउण्डेसनका तर्फबाट सम्मान प्रदान गरिएको थियो।